2026-09-05 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशमा समस्यामा पर्नुभयो नआत्तिनुहोस्, व्यवसायी संघले तपाईका समस्या सम्बोधन गर्दैछ’

मनोज पराजुली । बैशाख २, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको समस्या समाधान सम्बोधन गर्न तदारुकता देखाउन थालेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको काराण विभिन्न देशमा लकडाउनको अवस्थामा नेपाली श्रमिक समस्यामा परेका गुनासा बढेसंगै संघको पदाधिकारीको संयोजकत्वमा देशगत रुपमा हेर्ने गरि समिति नै निर्माण गरेर काम शुरु गरेको हो ।

देशगत रुपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लगायत स्थानीय विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि काम गरिरहेको संघका महासचिव सुजित श्रेष्ठले साझा सबाललाई जानकारी दिए । कोरोना भाइरसको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था र उत्पन्न हुन सक्ने समस्याहरुलाई समन्वयात्मक तबरबाट प्रभावकारी रुपमा सम्बोधन गर्दै विपद ब्यवस्थापन समितिलाई आवश्यक सल्लाह सुझाव दिनको लागि सम्बन्धित मुलुकहरुमा कार्यरत नेपाली श्रमिकहरुको अबस्थाको जानकारी लिई कार्यसमितिको जानकारी गराउन समेत संघले व्यवसायीलाई अनुरोध गरेको छ ।

संघका प्रथम उपाध्यक्ष कमल तामाङको संयोजकत्वमा दुवई हेर्नेगरी समिति बनेको छ, समितिका सदस्यहरुमा हर्क लिम्बु र बिजय लामा रहेका छन्  । कतारका लागि दित्तीय उपाध्यक्ष कमल देव मल्लको संयोजकत्वमा कर्ण राज कटुवाल र तुलसी पुरी सदस्य रहेको समिति बनेको छ । त्यस्तै   कुवेतको लागि हेर्नेगरी संघका तृतीय उपाध्यक्ष किशोर कुमार के. सी संयोजकत्वमा छबि लाल भट्टराई र  अग्सर अलि सदस्य रहेको समिति बनेको छ ।

 साउदी अरब / युरोपका श्रमिकका समस्या हेर्नेगरी संघका महासचिव सुजित कुमार श्रेष्ठ संयोजकत्वमा दिनेश कुमार राय,  लक्ष्मण पौडेल, बाबु लाल मगर सदस्य रहेको समिति बनेको छ। संघका सचिव मेघनाथ भुर्तेल संयोजकत्वमा मलेसियाका समस्या हेर्नेगरी सुरेन्द्र अर्याल र  जङ्ग बहादुर इजम सदस्य रहेको समिति बनेको छ ।

बहराइन र ओमानमा रहेका श्रमिकका समस्या हेर्नेगरी संघका कोषाध्यक्ष इन्दिरा गुरुङको संयोजकत्वमा केशवराज न्यौपाने, राधा खड्का र मोहन ढुंगेल सदस्य रहेको समिति बनेको छ । देशगत समितिले विपद ब्यवस्थापन समितिलाई दैनिक रिपोर उपलब्ध गराउने र तत्कालका लागि विदेशमा नै श्रमिक रहनेगरी समस्या सम्बोधन गर्ने गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

यसअघि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा विपद ब्यवस्थापन समिति बनेको थियो । समितिका सदस्यहरुमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शुशिला अर्याल, परराष्ट्र मन्त्रालयबाट सुरेश अधिकारी, वैदेशिक रोजगार वोर्डबाट वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, एनआरएनए बाट कमल थापा, मानव अधिकार आयोगबाट एक जना रहेका छन् । समितिले दैनिक समस्यामा परेका श्रमिकको अवस्थाबारे जानकारी लिंदै समस्या सम्बोधनका लागि कार्य गरिरहेको श्रेष्ठले जानकारी दिए ।

विभिन्न माध्यमाबाट प्राप्त हुने गुनासा तथा समस्याको बारे वास्तविक जानकारी लिएर समाधान खोज्न सहजीकरण गर्न संघले समिति निर्माण गरेको उनले बताए । प्राप्त हुने गुनासाहरु मध्ये विदेशका कुन कुन कम्पनीसंग सम्बन्धित छन् तिनको आधारमा नेपालबाट श्रमिक पठाएका म्यानपावर कम्पनी मार्फत समन्वय गरिरहेका छौं महासचिव श्रेष्ठले भने ‘अहिलेको अवस्थामा जुन जुन देशमा छन् सोहि देशमा नै बस्ने र खाने प्रबन्ध मिलाउने हो, त्यसका लागि खटिरहेका छौं ।’

विदेशमा रहंदा तत्कालका लागि खान, बस्न समस्या हुँदा सम्बन्धित देशका दुतावास, विभिन्न संचार माध्यम लगायत संघको फेसबुक पेज मार्पत आफ्ना गुनासा टिपाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल