2026-10-17 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र परेमा कामदारलाई उद्दारको माग सहित सर्वोच्चमा रीट दायर

बैशाख ३, काठमाडौं । विदेशमा रहेका नेपाली कामदार मध्ये रोजगार गुमाएका कामदारलाई त्यहिं रोजगार दिलाउने प्रयास असफल भई अलपत्र परेमा त्यस्ता कामदारहरुको तत्काल उद्धार गर्न माग सहित सर्वोच्च अदालतमा रीट दायर भएको छ । 

बैदेशिक रोजगारको विषयमा काम गरिरहेको संस्था मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा आवद्घ अधिवक्ताहरु सोम लुईटेल,नरेन्द्र प्रकाश खनाल र सुदिप देबकोटाले कोरोना र बैदेशिक रोजगार बारे संयुक्त रुपमा सार्वजनिक सरोकारको रिट दर्ता गरेका हुन् ।

रीटमा भविष्यमा कोरोनाका कारण रोजगार गुमाउन सक्ने कामदारहरुलाई त्यहिका अन्य कम्पनीमा काम दिलाउन कुटनितिक नियोगहरु र श्रम सम्झौता अन्तरगतका संयन्त्रहरु परिचालन गर्ने व्यवस्थाका लागि मन्त्री  परिषदको कार्यालय समेतका नाममा आदेश जारी गरिपाउँ भन्ने माग गरिएको छ । 

यसैगरी वैदेशिक रोजगारीको क्रममा विदेशमा कोरोना भाइरसको संक्रमण भएका नेपाली कामदारहरुलाई  विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको र भेदभाव रहित स्वास्थ्य सेवाका लागि कुटनैतिक नियोगहरु परिचालन गर्ने व्यवस्थाको माग गरिएको छ । 

वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भई अलपत्र परेका नेपाली कामदारहरुको शव ल्याउन तत्काल पहल गर्न, विदेशमा रोजगारी गुमाई नेपाल आउन सक्ने कामदारको तलब लगायतका सुविधा  सम्बन्धित देशको कम्पनीबाट दिलाउन कुटनितिक नियोगको परिचालन गर्ने, त्यसरी नेपाल आएका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपुर्ति दिलाउन र पुनर्एकिकरण कार्यक्रमका लागि स्थानिय सरकारलाई परिचालन गर्ने व्यवस्थाको माग पनि रीटमा गरिएको छ ।

फर्किएका कामदारलाई लाग्न सक्ने सामाजिक लाञ्छना (विदेशबाट आउनेले कोरोना लिएर आएको हुन्छ) बाट जोगाउन जनचेतना कार्यक्रम सञ्चालन गर्न, त्यस्तो कार्यक्रम तथा सुचना सम्प्रेषण प्रसारणमा राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार जगत र इजाजतपत्रवालाहरुलाई परिचालन गर्ने व्यवस्थाको माग गरिएको छ । 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ (२) मा नेपाली कामदार रहेको मुलुकमा महामारीका कारण कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनितिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु