2026-10-17 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल खाने, बस्ने र उपचारको व्यवस्था गर्नुपर्छ’

बैशाख ७, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका कामदारहरुले तोकिएको काम, तलव र करारपत्र अनुसार सेवा सुविधा पाउनुपर्ने व्यवसायीले बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले साझा सबालसंग कुराकानी गर्दै कामदारले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन व्यवसायीले पनि पहल गर्नुपर्ने बताए । 

अहिलेको अवस्थामा समस्यामा परेका नेपालीलाई तत्काल नेपाल ल्याउन सक्ने अवस्था छैन, अध्यक्ष ढकालले भने ‘उनीहरुलाई खान, बस्न र स्वास्थ्य समस्या भए सोहि देशमा नै प्रवन्ध मिलाउने हो ।’  विश्वभर फैलिएको कोरोना महामारीका कारण भएको लकडाउनको अवस्थामा कुनै कामदार समस्यामा परेमा सबैले सहयोग गर्नुपर्छ,अध्यक्ष ढकालले भने ‘विदेशमा रहेका दुतावास, म्यानपावर कम्पनी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा विदेशका श्रमिकको समस्या समाधान गर्नुपर्छ ।’

कोरोना महामारीका कारण हाल रोजगारदाता कम्पनी बन्द छन् काम नहुँदा कामदारलाई समस्या परेको हुनसक्छ, उनीहरुको समस्यालाई विशेष ध्यान दिनुपर्छ, अध्यक्ष ढकालले भने ‘अहिलेको परिस्थितिमा कामदारको सुरक्षा नै मुख्य प्राथमिकता हो ।’

जुन कम्पनीले काम दिन सक्दैन, तलव र नेपाल फर्कने टिकट पनि दिन सक्दैन भने यस्ता कामदारलाई कम्पनीसंग सम्पर्क गरि भरसक सुविधा दिन कुटनीतिक पहल गर्ने नभए उद्धार गरि नेपाल फर्काउन सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै रोजगारदाता कम्पनीले काम तलव दिन सकेको छैन, तर टिकट काटेर पठाउँछु भन्छ उनीहरुलाई नेपाल फिर्ता ल्याउन दोश्रो प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछन् ।

रोजगारदाता कम्पनीबाट पाउने सेवा सुविधा, तलव लगायत सुविधा पाउँदा पनि कुनै कामदार आँफुखुसी नेपाल फर्कन चाहेमा उसलाई आफ्नै खर्चले नेपाल फर्कन सक्ने व्यवस्था पनि गर्नुपर्ने उनले बताए ।  नेपालमा तत्काल रोजगारीको सम्भावना नभएकोले विदेशमा करारपत्र अनुसार सेवा सुविधा पाएकाहरुले अहिले तत्कालै नेपाल आउने भन्दा पनि सोहि देशमा रहेर काम गर्दा उपयुक्त हुने उनले बताए । 

विदेशमा रहेका कुन-कुन कम्पनी वास्तविक रुपमा नै समस्या ग्रस्त छन् र ति कम्पनीमा कार्यरत कामदारको समस्या व्यवसायी पहलबाट समाधान हुन नसकेको खण्डमा सो बारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत जानकारी गराई सरकारले कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने ढकालले बताए । कामदारको उद्धार गर्नुपर्ने भए वैदेशिक रोजगार वोर्डमा रहेको श्रमिक कल्याणकारी कोषको रकम परिचालन गर्नुपर्ने र त्यसले नपुगे सरकारी कोषबाट खर्च गर्नुपर्नेमा उनले बताए । 

कोरोना महामारीका कारण अबका केहि समय वैदेशिक रोजगारमा शिथिलता आउने भन्दै उनले यस्तो अवस्थामा म्यानपावर कार्यालय सञ्चालन गर्न समेत कठिन हुने भएकाले ईजाजतपत्र संस्थाहरुले राखेको नगद ५० लाख धरौटी सरकारले फिर्ता गरिदिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु