2026-09-05 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरु ‘कम्पनीले बसिरहेको आवासबाट अन्यत्र लैजान खोजे सतर्क रहनुस्’

वैशाख १०, काठमाडौँ | साउदीमा मंगलबार बेलुकासम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११, ६३१ पुगेको छ । साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमामंगलबार मात्र थप १ हजार १४७ जनामा कोरोना संक्रमण भएको छ । 

साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म १ हजार ६४० जना निको भएका छन् भने मंगलबार मात्र ६ जनाको मृत्यु भएको छ । साउदीमा मंगलबारसम्म १०९ जना संक्रमितको मृत्यु भएको छ । 

साउदीस्थित नेपाली दुतावासले हरेक दिन बेलुका साउदीको कोरोना अपडेटको जानकारीका साथै दुतावासमार्फत साउदी अरवमा बस्दै आएका नेपालीहरुलाई सूचना जारी गर्दै आएको छ । यसक्रममा मंगलबार साँझ पनि साउदीस्थित दुतावासले नेपालीहरुलाई सूचना जारी गरेको छ । 

साउदी स्थित नेपाली दुतावासको अनुसार कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा साउदी सरकारले विभिन्न तारे होटलहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न शुरू गरेपछि तारे होटलहरुमा कार्यरत कतिपय नेपालीहरुले ती होटलमा काम गर्न नसक्ने भनी राजदूतावासमा गुनासो गरेको जनाएको छ । दुतावासले नेपालीहरुले गरेको गुनासो सम्बन्धमा होटलको व्यवस्थापनसँग कुराकानी गरिएको जनाएको छ । 

दुतावासले होटलहरुसँग नेपालीको सुरक्षाको विषयमा कुरा उठाउँदा सम्बन्धित होटलहरुले काम गर्ने सबैको सुरक्षाका लागि होटलले सरकारको निगरानी र निर्देशन अनुसार सावधानीका आवश्यक उपायहरु अवलम्वन गरेको र कुनै समस्या नभएको जानकारी दिएको दुतावासले जनाएको छ । 

साउदीस्थित दुतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीहरुलाई आफूले गर्ने काम सम्बन्धी समस्याहरूलाई प्रष्ट रुपमा व्यवस्थापनसँग राख्नुहुन र सुरक्षाका सबै उपायहरुलाई अवलम्वन गर्दै कार्य गर्न नेपाली समुदायमा अनुरोध गरेको छ ।

त्यस्तै दुतावासले जारी गरेको सूचनामा भनेको छ ‘कोरोना भाइरसको संक्रमणको वर्तमान अवस्था अत्यन्त संवेदनशील र गम्भीर सावधानी अपनाउनुपर्ने प्रकारको भएकाले कुनैपनि अवस्था, रोजगारदाताले देखाउने सुविधा सम्बन्धी अवसरवादी प्रस्ताव वा जबरजस्तीलाई वास्ता नगरी आफू जहाँ हुनुहुन्छ सोही आवासमा रहनुहुन नेपाल राजदूतावास पुनः अनुरोध गर्दछ । कम्पनीले जुनसुकै वहानामा बसिरहेको आवासबाट अन्यत्र लैजान खोजेमा सो स्वीकार नगर्नुहुन अनुरोध छ । जानुपर्ने विश्वसनीय आधार भएमा चालकको भरमा मात्र नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जानुहुन अनुरोध छ ।’ दुतावासले यसका लागि थप सहयोग आवश्यक परेमा प्रहरीको नं ९९९ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल