2026-07-24 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार बोकेर सोल उड्ने भयो नेपाल एयरलाइन्स

वैशाख १६, काठमाडौँ | नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सोल उड्ने भएको छ ।

केही दिनभित्र नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

मन्त्रीपरिषद् बैठकले कोरिया जान अड्किएका नेपालीलाई लकडाउनकै अवधिमा समेत जान दिने गरी निर्णय गरेको थयो ।

यससँगै उनीहरुलाई कोरिया जाने बाटो खुलेको हो । अब ए ३३० जहाज कोरियाको सोलस्थित इङचोन विमानस्थलमा उड्नेछ । नेपालमा विदेशबाट मानिस आउने भने प्रतिवन्ध छ । 

कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउन दिने वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ । यसअघि १८ वैशाखका लागि उडान तय भएपनि जाने यात्रुको स्वास्थ्य चेकजाँचको प्रक्रिया नसकिने भएकाले उडान केही दिन पर सारिएको हो ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।  त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

नेपालमा व्यवसायिक उडानमा प्रतिवन्ध लागेको १ महिना पुगिसकेको छ । पछिल्लो समय २ जेठसम्म यस्तो प्रतिवन्ध कायम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय