2026-10-17 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा समस्यामा परेका कामदार नेपाल ल्याउने तयारीमा जुट्यो सरकार, प्राथमिकता तय हुँदै

मनोज पराजुली । बैशाख २२, काठमाडौं । कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउने तयारीमा सरकार जुटेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । श्रम रोजगार पत्रकार समुहले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विदेशमा समस्यामा परेकाहरुको प्राथमिकता आधार तयार शुरु गरिएको र सोहि अनुसार नै उनीहरुलाई नेपाल ल्याउने बताए ।

हाल अन्तराष्ट्रिय हवाई उडान बन्द छ, मन्त्री ज्ञवालीले भने ‘सबैलाई एकै चोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन, उडान खुलेसंगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुनेगरि प्राथमिकताको आधारमा नेपाल ल्याउँछौ ।’ 

‘जहाँ सुकै रहेका नेपालीहरुसंग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुराहरुलाई योजना बनाएर मात्र काम शुरु गर्नुपर्नेछ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरुलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गरेका छौं”, उनले भने ।

कहिले सम्म समस्यामा परेका नेपाली फिर्ता गर्ने सरकारको योजना छ ? भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भने ‘देश भित्रको अवस्था आकलन गर्दै सरकारले निर्णय गर्छ, पहिले त नेपाल सुरक्षित हुनुपर्यो, कोरोना महामारी नियन्त्रणको अवस्था आएपछि प्रक्रिया शुरु गर्छौं ।’ 

कुवेतमा अबैधानिक रुपमा रहेका ७ हजार नेपाली रहेको बताउंदै उनले उनीहरुलाई नेपाल फर्काउने तयारी गरिएको बताए । सम्बन्धित देशका दुतावासहरुलाई २४ सै घण्टा सम्पर्कमा रहन निर्देशन दिइएको साथै सचेतना फैलाउन अनुरोध गरिएको उनले बताए । 

सम्बन्धित देशका सरकारसंग नियमित सम्पर्कमा रहेको भन्दै उनले भने ‘कतिपएको करार अवधि सकिएको छ, भिषा अवधि सकिएको छ, ति देशले तत्काल समाधान गरि भिषा थप गरिदिएका छन् । संक्रमितलाई आफ्नो नागरिक सरह सुविधा दिन अनुरोध गरिएको र ति देशले आफ्ना नागरिक सहर नै सुविधा दिन तयार भएका छन्, कहीं कतै असुविधा भएको जानकारी पाएको छैन ।‘  

कुवेत लगायत देशले अबैधानिक बसेकालाई फर्काउने निर्णय गरेका छन् त्यस्तो संख्या ठुलो हुने देखिएको छ उनले भने ‘प्राथमिकताको आधारमा कसरी नेपाल फर्काउने तयारीमा छौं ।’ उडान नखुलुन्जेल खान बस्न त्यही व्यवस्था गर्न सम्बन्धित देशका सरकारसंग अनुरोध गरिएको उनले बताए । 

महामारीले ल्याउने आर्थिक मन्दीले ल्याउने बेरोजगारीलाई नेपालमा श्रम बजारमा कसरी जोड्ने भनेर सरकारले गरिरहेको मन्त्री ज्ञवालीले बताए । रोजगारीको लागि बजेटमा समेट्नेगरि अर्थ मन्त्रालय, कृषि मन्त्रालय, योजना आयोगसंग मिलेर काम गरिरहेका उनले बताए ।  

कार्यक्रममा बोल्दै श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताए । कामदारको उद्धारको लागि संयन्त्र बनाउनुपर्ने साथै खाडीका देशमा नेपालीको परिक्षण हुने वाताबरण बनाउन अनुरोध गरे ।

पत्रकार महासंघ, कतारका अध्यक्ष करिम बक्स मियाँले कोरोना कारण धेरै कम्पनी डुब्ने खतरा रहेकोले रोजगार कम्पनीले कामदार निकालेका तर स्वामित्व नलिने कारण तिनको व्यवस्थापन गर्नुपर्ने बताए । 

पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने कुवेतमा ८४ जना नेपाली संक्रमित रहेको बताए । कम्पनीबाट कामबाट निकालिएका, बिदामा बसेका धेरै नेपालीहरु रहेकोले उनीहरुलाई प्राथमिकताका आधारमा नेपाल फिर्ता गर्न सरकारलाई सुझाव दिए । साना मझौला कम्पनीमा कार्यरतहरु समस्यामा रहेको दुतावासको सहयोग नभएको गुनासो आउने गरेको भन्दै उनले एमनेष्टि गरेका ३५ सय नेपाली रहेको र उनीहरुलाई तत्काल नेपाल लैजाने प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिए । ९ वटा शव अड्किएकोले सजिलै नेपाल फिर्ता लैजाने प्रक्रिया शुरु गर्न आग्रह गरे । 

अन्य कारणले युएईमा ५ जनाको मृत्यु भएको बताउंदै कोरोनाका कारण कामदारमा मानसिक समस्याले मनोवैज्ञानिक असर देखिएको पत्रकार महासंघ युएई शाखाका मेघराज सापकोटाले बताए । दुतावासमा कुनै तथ्यांक नभएको, नेपाली कामदारलाई रोजगारदाताले निकाल्ने प्रक्रिया थालेको भंडिया उनले सरकारले यस्ता विषयमा ध्यानाकर्षण गरे । रोजगारदाताले कामदार नेपाल फर्काउन दवाब दिएको तर दुतावासले आधिकारिक जानकारी नआएको उनले बताए । 

युएईमा १५ शव अलपत्र रहेको परिवारले नेपाल लैजान नै चाहेकोले सरकारले पहल गर्न सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु