2026-09-25 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका कामदारबारे अध्ययन गर्न १७ सदस्यीय कार्यदल गठन, समस्या सम्बोधन गर्ला त अब ?

बैशाख ३१, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा १७ सदस्यीय ‘आप्रवासन सम्बन्धी बहुसरोकारवाला कार्यदल’ (कोभीड १९) कार्यदल गठन भएको छ । कार्यदलले कोरोना महामारीको समयमा गन्तब्य मुलुकमा रहेका आप्रवासी श्रमिकको अवस्था र नेपालमा यस सम्बन्धमा भई रहेको तयारी अवस्था बारे प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको कार्यदल संयोजक पाठकले जानकारी दिए ।

कोभिड १९ को सन्दर्भमा आप्रवासन श्रमिको हक अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगद्धारा बहुसरोकार निकायसंग छलफल तथा अन्तरक्रिया पश्च्यात उक्त कार्यदल गठन भएको हो । आयोगद्धारा कोभीड १९ को कारण आप्रवासी नेपाली श्रमीकहरुले भोग्नु परेको समस्या, तत्कालै सम्बोधन गर्नु पर्ने बिषयहरुको सम्बन्धमा सरोकारवालाहरु छलफल भएको छ । 

उक्त बैठकमा छलफल भई सबै सरोकारवालाहरुले गरेको कार्यहरुलाई एकीकृत सूचना प्रणालीको लागि आयोगमा नियमित पठाउने, आप्रवासी नेपाली श्रमीकहरुको हालको अवस्थाको बारेमा दुरुस्त अध्ययन गरि प्रतीवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । हालको विषम अवस्थामा आप्रवासी नेपाली श्रमिकहरुको सुरक्षा, स्वदेश फीर्ती जस्ता प्राथमीकताका बिषयहरु निर्धारण गर्नको लागि नेपाल सरकारलाई सहयोग गर्ने, विभिन्न निति, कार्यवीधी तथा मापदण्ड निर्माणका लागि सहयोग गर्ने लगायतका कार्यहरु कार्यदलले गर्ने जनाइको छ । 

छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका सह सचिव हरिषचन्द्र घिमिरेले कोरोनाको महामारी सुरु भए पछि वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको अवस्था, आप्रवासनका गएकाहरुको तत्काल समस्याहरु के के छन् भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताए । ‘तत्कालै उद्धार गर्नु पर्नेको तथ्याङ्ग लिने र अन्य ब्यवस्था के के गर्नु पर्छ यसबारे नियोग, मन्त्रालय र सरोकारवाला संग राय सल्लाह लिई गन्तब्य देशले गर्ने ब्यवस्था र नेपाल ल्याउने प्रकृया, आइसकेपछि राख्ने तथा क्वारेन्टीन घर सम्म पुर्याउने ब्यवस्था तत्काल गर्नु पर्ने बारेमा ब्यापक तयारी गरेको बारे उनले जानकारी गराएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले विभागले सवै देशहरु तथा विभिन्न निकायहरुबाट सुचनाहरु संकलन गरि रहेको तथा प्राप्त सुचनाको आधारमा तत्काल गर्नु पर्ने कार्यहरु गरिरहेको बताए । जोखिममा रहेका नेपालीहरु, आप्रवासी श्रमिक गर्भवती महिला, विरामी र यसै समयमा मृत्यु भएका नेपालीहरु भएकोले यिनीहरु सम्बन्धमा सहि तथ्याङ्गको आधारमा सवै मिलेर अगाडी बढ्नुपर्ने बताए ।

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले विदेशमा विभिन्न कारणबाट मृत्यु भएका नेपालीहरुको शव ल्याउन कठिन भएको तथा उनीहरुको सन्दर्भमा सवै मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालले कोरोना महामारी पछि नेपाली श्रमिकले भोग्नु परेको समस्याहरुको जानकारी मन्त्रालयलाई भइ सकेको र सहयोग तथा उद्धारको सम्बन्धमा अन्तर मन्त्रालय, गन्तब्य मुलुक तथा सरोकारवालासंग छलफल भईरहेको जानकारी गराएका छन्  ।

यसैगरी अन्तराष्ट्रिय आप्रवासन संगठनका  प्रज्वल शर्मा, अन्तरराष्ट्रिय श्रम संगठनका बसन्त कार्की, सन्ध्या सिटौला, नेहा चौधरी, पिपुल फोरमका सोम लुइटेल, सुरक्षित आप्रवासी राष्ट्रिय सञ्जालका कृष्ण न्यौपाने, नेपाल वैदेशिक रोजगार ब्यवसायी संघबाट बिष्णु गैरे र सुजित श्रेष्ठ, प्रवासी नेपाली समन्वय समितिका कुल प्रसाद कार्की, सोसल साइन्स वहाँका जिवन बाँनिया, इक्वीडेम रिसर्च नेपालका रामेश्वर नेपाल, आमकास नेपालका विजया राई श्रेष्ठ, पौरखी नेपालकी मन्जु गुरुङ्ग लगायतले आप्रवासी कामदारहरुको कोभिड १९ पछिको सन्दर्भमा आफुले गरी रहेका कामको जानकारी गराउदै समस्या समाधान गर्न सुझावहरु ब्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध