2026-10-17 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार र बिद्यार्थी बोकेर उड्यो बिमान, नेपाल एयरपोर्टमा चहलपहल (भिडियो)

जेठ २, काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ जारी लकडाउनको कारण सुनसान छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको हो । सामान्य अवस्थामा दैनिक २० देखि २५ हजारसम्म कारोबार गर्ने विमानस्थल परिसरका पसलहरु पनि खुलेका छैनन् । 

शुक्रबार बेलुका भने बिमानस्थलमा केहीबेर चहलपहल देखियो । दुई सयभन्दा बढी विदेश उड्ने यात्रू र उनीहरुको आफन्तहरुको बाक्लो उपश्थिति थियो । 

यो दृश्य शुक्रबार बिमानस्थलको हो । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान भरेको छ ।

भिडियो हेर्नुहोस् 

उक्त चार्टर्ड विमानमा जारी लकडाउनको कारण नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थीहरु रहेका छन् । निगमको वाइडबडी जहाज आज राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उडेको छ । आज राति उडान भरेको उक्त विमानले करिव साढे ७ घण्टाको उडानपछि जापानको नारितामा रहेको टर्मिनल २ मा अवतरण गर्नेछ । 

निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ । 

आज उडेको चार्टर्ड जहाज भोली जापानबाट रित्तै काठमाडौँ फिर्ता हुनेछ । साथै आगामी थप दुईवटै चार्टर्ड उडान पनि नेपाल फर्कँदा रित्तै हुनेछन् । 

आज जापान उडेको निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ । उडानको लागि ट्राभल्सले यात्रुहरुबाट प्रति यात्रु १ लाख ४४ हजारदेखि १ लाख ६० हजारसम्म हवाई भाडा लिएको यात्रूहरुले जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा सुरू गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । 

कोरोना महामारीको कारण यतिखेर बिभिन्न देशमा नेपालीहरु बिमानस्थल खुल्ने आशामा छन् । सरकारले आन्तरिक तथा वाह्य हवाई उडानहरु बन्द गरेको कारण समस्यामा परेका नेपालीहरु समेत नेपाल आउन पाएका छैनन | बिभिन्न देशमा रोकिएका झन्डै ५ लाख नेपालीहरुले आफूहरु नेपाल आउन चाहेको इच्छा प्रकट गरेका छन् । सरकारले तत्काल ल्याउनुपर्ने नेपालीहरुको शंख्या २ लाखको हाराहारीमा भएको अनुमान गरेको छ । प्राथमिकताको आधारमा नेपालीहरुलाई नेपाल ल्याई व्यवस्थापन गर्ने सरकारले बताएको भएपनि कुनै निर्णय लिन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु