2026-09-25 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्किएकालाई पूँजी

सुरज भण्डारी | जेठ ३, टेक्सस | सरकारको नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सकारात्मकरूपमा लिएको जनाएको छ । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै आत्मनिर्भर बनाउन शुरुआती पूँजी उपलब्ध गराउने सरकारको घोषणालाई सङ्घले सकारात्मकरूपमा लिएको जनाएको हो । 

विदेशमा सिकेको सीपलाई पूँजीको अभावका कारण स्वदेशमा लागू गर्न असमर्थ हुने नेपालीका लागि सरकारको यो घोषणाले मद्दत पुर्याउने र स्वदेशमै केही गर्न सकिन्छ भन्ने हौसला बढाउने विश्वास गर्न सकिने सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताउनुभयो । 

वैदेशिक रोजगारीमा रहँदा नेपालीले सिकेको सीपलाई देशमै प्रयोग गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने पक्षलाई सङ्घले विगतदेखि नै उठाउँदै आएको बताउनुहुँदै प्रवक्ता क्षेत्रीले त्यसका निम्ति सरकारको प्रभावकारी नीति आवश्यक पर्ने र अहिलेको सरकारले कम्तीमा त्यस विषयलाई सम्बोधन गर्न चाहनु सकारात्मक विषय भएको उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीसँग जोडिएको वैदेशिक रोजगारीको पक्षलाई समेटेर वैदेशिक रोजगारीबाट फर्किने दक्ष नेपालीलाई उद्यमशील बन्नका लागि शुरुआती पूँजी दिने विषय सकारात्मक रहेको र यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । विगतमा घोषणा गरिएका नीति र कार्यन्वयन पक्ष मेल नखाएको धेरै उदाहरण रहेकाले शङ्का गर्ने ठाउँ पनि उत्तिकै रहेको भन्दै प्रवक्ता क्षेत्रीले सरकारले विदेशबाट नेपाल फर्किएका नेपालीको तथ्याङ्क राखेर उनीहरुले विदेशमा सिकेको सीपअनुरुपको उद्यम गर्नका लागि सघाउनुपर्ने जनाउनुभयो । उहाँले सरकारले एउटा विधि बनाएर, उद्देश्यअनुरुपको काम भए/नभएको अनुगमन गर्नेदेखि लिएर आवश्यक प्रबन्ध मिलाइदिनेसम्मको भूमिका खेल्न सक्ने खालको विभाग बनाइ त्यसमार्फत शुरुआती पूँजीको परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उद्यमी बन्न चाहनेलाई कम्तीमा पनि रु १० लाख सहुलियत ब्याजमा शुरुआती सहयोग हुनुपर्नेमा जोड दिँदै प्रवक्ता क्षेत्रीले देशलाई आत्मनिर्भर बनाउने आधार कृषि क्षेत्रको वैज्ञानिकरणसँग सम्बन्धित उद्योग गर्न वैदेशिक रोजगारीबाट फर्किएकालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । सरकारले कृषि उत्पादनमा नाफाको सुनिश्चितता दिने गरी नीति तथा कार्यक्रममा समेटेर विदेशबाट नेपाल फर्किएका नेपालीलाई समेत कृषि क्षेत्रमा जोड्न पहल गरेको मान्न सकिने प्रवक्ता क्षेत्रीको भनाइ छ ।

विश्वका अधिकांश मुलुकमा विभिन्न क्षेत्रमा नेपालीले श्रम गरिरहेको अवस्था छ । विदेशमा श्रम गरिरहेका समयक्रमसंगै नेपालमै फर्किने अवस्थाको निर्माण हुन सक्दा मात्रै देश आत्मनिर्भरताको बाटोमा अघि बढ्ने उल्लेख गर्दै मध्यपूर्वको ओमानमा रहनुभएका प्रवक्ता क्षेत्रीले स्वदेशमै उद्यम गर्न सकिने अवस्थाको निर्माण भए विदेशमा रहेका धेरै नेपाली खुशी हुने अवस्था बन्ने बताउनुभयो ।

अहिले कोभिड–१९ को विश्वव्यापी महामारीले विश्वभर नै बेरोजगारी दर बढेको छ । आन्तरिक रोजगारीको दर कम हुन जाँदा धेरै देशहरुले बाह्य जनशक्तिलाई आफ्नो श्रम बजारमा प्रयोग गर्ने क्रम पनि घट्दै जाने देखिन्छ । अहिले नै पनि धेरै देशहरुले भारी मात्रामा कर्मचारी कटौती गरेका छन् । कतिपय अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई हेरेर पनि नेपालीहरु नेपाल फर्कन चाहिरहेका छन् भने अहिलेको यो जटिल अवस्थाले गर्दा सकभर विदेशमा आइ श्रम गर्न नपरे हुन्थ्यो भन्ने नेपालीको सङ्ख्या बढ्दो छ । 

यस पक्षलाई हेरेर सरकारले ल्याएको नीति सकारात्मक रहेको भन्दै प्रवक्ता क्षेत्रीले अब विस्तारै सरकारले देश बाहिर रहेका जनशक्तिलाई सीपका आधारमा वर्गीकरण गर्ने र स्वदेशमै अवसर निर्माण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेपालको ठूलो जनशक्ति विदेशमा कृषि, निर्माण, हस्पिटालिटी, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रसँग सम्बन्धित श्रम बजारमा रहेको छ ।

यस्तै, गैरआवासीय नेपालीको लगानी नेपालमा बढाउन सरकारले उचित वातावरणको निर्माण गर्ने पक्षलाई यसपटक पनि जोड दिनु सकारात्मक पक्ष भएको र त्यसका निम्ति सरकारले गैरआवासीय नेपालीसँग जोडिएका अन्य विषयलाई पनि सम्बोधन गर्दै जानुपर्नेमा प्रवक्ता क्षेत्रीले जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध