2026-10-17 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा ६ दिन पूर्ण कर्फ्यू लगाईने, अत्यावश्यक खाद्यान्न जोहो गर्न दुतावासको अनुरोध

जेष्ठ ४, काठमाडौं । साउदी सरकारले ५ दिनसम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने निर्णय गरेको छ । साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा २४ घन्टे कर्फ्यू लगाउने निर्णय गरेको साउदीस्थित नेपाली महावाणिज्य दुतावासले जनाएको छ ।

सो समयका लागि चाहिने अत्यावश्यक वस्तु तथा खाद्यान्न पहिले नै जोहो गरि कर्फ्युको पूर्ण पालना गर्न नेपालीहरुमा दुतावासले अनुरोध गरेको छ । साथै इद पर्वको अवसरमा गत वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दुतावासले अनुरोध गरेको छ ।

कोरोना संक्रमणका कारण विभिन्न समस्यमा पर्नुभएका नेपाली नागरिकहरुले जेठ २ गतेदेखि आफ्नो विवरण अनलाइन फारमबाट नेपाली राजदूतावासमा पेश गर्नुहुन अनुरोध गरेको छ । फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिच्नुहोस् र मागेको विवरण भर्न सकिनेछ  । उक्त फारम नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाउनु भएकाहरुको यो फारम भर्नु नपर्ने समेत जानकारी गराइन्छ । नेपाली राजदूतावासको रिसिप्सनको टेलिफोन नम्वर ०११४६१११०८ र हटलाइन नम्वर ०५५९३८९६०० सदा झै सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ ।

साथै, साउदी सरकारले विभिन्न समयमा जारी गरेका अन्य आदेश र निर्देशनहरुः ५ जना भन्दा बढी भेला हुन नपाउने, आफ्नो आवास बाहेक अन्यको आवासमा गई भेटघाट हुन र भोजभतेर गर्न नपाउने, बन्दै गरेका वा प्रयोगमा नभएका भवनहरुमा जम्मा हुन नहुने कर्फ्यूको आदेशको मानमर्दन हुने प्रकारका पोष्टहरु नगर्ने लगायतका विषयमा सदा ध्यान दिनुहुन नेपाली राजदूतावास पुन अनुरोध गर्दछ । कुनै व्यक्ति वा समूहको भड्काउ वा लहैलहैमा लागेर सामाजिक र सांस्कृतिक सद्भावमा खलल पुग्ने वा कसैको आस्थामा चोट पुग्ने कुनै कार्य नगर्न नगराउनुहुन पनि  राजदूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु