2026-10-17 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेश पालना गर्न ध्यानाकर्षण

जेठ १६, काठमाडौँ | नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए)ले कानून र अदालतको आदेशसम्बन्धी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट कानून जेठ १६, काठमाडौँ | व्यवसायीको सङ्गठन डिएलएले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न आग्रह गरेको छ ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकअनुसार जोखिममा रहेका सबै नागरिकलाई पिसीआर पद्धतिबाट निःशुल्क परीक्षण गराउन पनि डिएलएले माग गरेको छ । डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलद्वारा जारी वक्तव्यमा नागरिकको स्वास्थ्य परीक्षणलाई अनिवार्य गरी आवश्यकता र उपयुक्तताको आधारमा प्राथमिकता तोकी, सामाजिक दूरी कायम गरी लकडाउनलाई क्रमशः खुकुलो पार्न सुझाव दिएको छ ।

कोरोना सङ्क्रमणको अवधि अनिश्चितरूपमा रहने भएकाले यसका लागि दीर्घकालीन तथा अल्पकालीन योजना र कानून बनाउन, औषधि, स्वास्थ्य सामग्री, आवास, खाद्य तथा सुरक्षाको उचित व्यवस्थापन गर्न, तोकिएको मापदण्डबमोजिम पर्याप्त क्वारेन्टिन, आइसोलेसन र अस्पताल बनाउन, बिदेशबाट आउन खोजेका नेपालीलाई सतर्कताका मापदण्ड पूरा गराएर घर जाने व्यवस्था गर्न र कोरोनाविरुद्ध लड्न स्थानीय तहलाई अझ प्रभावकारी बनाउन पनि वक्तव्यमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

डिएलएले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक पहल गरी यथाशीघ्र दीर्घकालीन समाधान खोज्न, रुकुम घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याइ कानूनबमोजिम हदैसम्मको सजाय र पीडितलाई उचित क्षर्तिपूर्ति दिलाइ यस्ता घटनाको निर्मूलीकरणका लागि ठोस कदम चाल्न पनि माग गरेको छ । देश लकडाउनमा रहेको बेला अपराध नियन्त्रण गर्ने निकायसमेत कोरोना नियन्त्रणमा केन्द्रित भएकाले घरेलु हिंसा बढेको तर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा डिएलएले जोड दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु