2026-10-17 05:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्कन चाहनेले जेठ २५ गतेसम्म विवरण दिनुपर्ने, यस्ता छन् आवश्यक कागजात

जेठ २०, काठमाण्डौ। कतारबाट नेपाल फर्कन चाहनेलाई जेठ २५ गते आइतबार अर्थात ७ जुनसम्म थप विवरण आउँदो उपलब्ध गराउनु पर्ने भएको छ । कतारस्थित नेपाली दूतावासले मंगलबार एक सुचना जारि गर्दै सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन अनुरोध गरेको हो ।

कसले के विवरण दिनुपर्ने ?

सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउनु पर्नेछ ।

यस्तै आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आर्इडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।

यी कागजात दूतावासमा [email protected] मा र दूतावासको सम्पर्क नम्बर ९७४३३५६०११७ मा ह्वाट्स्एप म्यासेज पनि गर्न सकिन्छ ।

यसरी फर्कंदा कोरोना परीक्षण गरी रिपोर्ट साथमा राख्नु पर्नेछ । विदेशबाट फर्कनेले हवाई उडान खर्च आफैंले व्यहोर्नु पर्नेछ । तर सम्बन्धित श्रम गन्तव्य देश वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाइ उडान, यातायात, होटल क्वरेण्टीन लगायतको खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले तिरे हुन्छ ।

विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वरेण्टीन वा पालिकाले व्यवस्थापन गरेको सम्बन्धित क्वरेण्टीनसम्मको यातायात खर्च व्यक्ति स्वयंमले तिर्नु पर्छ । साथै तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु