2026-10-17 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशबाट फर्किने कामदारको उद्दार, यातायात खर्च र स्वास्थ्य उपचार निःशुल्क हुनुपर्छ’

जेठ २१, काठमाडौं । कोभिड-१९ का कारण रोजगारी गुमाएका कामदारको उद्दार, यातायात खर्च र स्वास्थ्य उपचार निःशुल्क गर्न मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले माग गरेको छ । यसैगरी फर्कन लागेका कामरदारले पाउने तलव सुविधा दिलाएर मात्र फर्काउने प्रवन्ध गर्न सरकारलाई सुझाव दिएको छ ।

पिपुल फोरमले बुधवार श्रम तथा रोजगार मन्त्रालयलाई बुझाएको नीति पत्रमा आप्रवासी कामदारको रोजगारीको सुरक्षा, स्वास्थ्य उपचारको पहल गर्ने तथा रोजगारी गुमाएका कामदारको सोही गन्तव्य मूलूकमा कामका विकल्प खोज्न सहजिकरण गर्न पनि सुझाव दिइएको छ ।

यसैगरी अलपत्र परेका अलेखवद्ध कामदारको फिर्ता तथा उपचार खर्च सरकारी कोषवाट व्यहोर्नुपर्ने, नेपाली कामदारको विदेशमा अलपत्र शव फिर्ता ल्याउने, तथा कामदार उद्धारको कार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार वोर्डको भूमिका बढाउन पनि सुझाव दिइएको छ ।

संघीय सरकारले फर्केका कामदारका लागि पुर्नएकीकरण कार्यक्रम निर्माण गर्ने र स्थानिय सरकारले कार्यन्वयन गर्ने, करार अवधि नसकि फर्केका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति दिन पनि पिपुल फोरमले सुझाव दिएको छ । कामदारको फिर्ता र पुर्नएकिकरण कामका लागि राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था र व्यवसायीका कामको संयोजन गर्न तथा कोरोनाले रोजगारीमा पर्न सक्ने दिर्घकालीन असरको अध्ययनका लागि वहुसरोकारवाला संयन्त्रको निर्माण गर्न पनि पिपुल फोरमले सुझाव दिएको छ ।

कोभिड १९ को संक्रमणले रोजगारी र नेपाली कामदारलाई असर पारेको पृष्ठभूमीमा सो संस्थाले कामदारको फिर्ता र पुर्नएकीकरणका लागि नीतिपत्र निर्माण गरेको हो । नीतिपत्रमा गन्तव्य मुलुकमा कामदारको व्यवस्थापन, कामदारको स्वदेश फिर्ता र पुर्नएकिकरणका लागि आठ खण्डमा ७० भन्दा बढि सुझावहरु दिइएको र तीनवटै तहको सरकारले भूमिका, राष्ट्रिय मानव अधिकार आयोगको भूमीका, नागरिक समाज र व्यवसायीहरुको भूमिका बारेमा सुझावहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु