2026-10-17 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कनुपर्ने नेपालीको कोरोना जाँचको व्यवस्था छिटै गरिने

योगेन्द्र योगी | जेठ २२, दोहा | कतारबाट नेपाल फर्कनुपर्ने नेपालीको कोरोना जाँचका लागि छिट्टै प्रवन्ध मिलाउने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको समेत उनले बताए । 

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले मंगलबार दूताबासले दूताबासको फेसबुकमा राखेको सूचनामा ब्यापक गुनासो राखेका थिए । 

स्वदेश फर्कन पर्ने नेपालीको प्राथमिकताको आधारमा नेपाल सरकारले उद्दार गर्दै छ । कतारमा पछिल्लो २४ घण्टामा ५,३३९ जनामा गरिएको परीक्षणमा १९०१ जनामा सङ्क्रमण देखिएको छ भने १,५०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

कतारमा सङ्क्रमितको सङ्ख्या ६२ हजार १६० पुगेको छ ।  उपचारपछि निको हुनेको सङ्ख्या ३७ हजार ५४२ पुगेको छ भने बुधबार थप २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ४५ पुगेको छ । 

यता, कतारले कोरोना रोकथाम सम्बन्धी लगाएको प्रतिबन्ध केहि खुकुलो पार्ने भएको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले  जुन ४ देखि देखि निजि सवारीमा चार जना सम्मलाई यात्रा गर्न दिने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु