2026-06-20 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्काइनेहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टिनहरु तयार, कहाँ कहाँ छन् हेर्नुहोस्

जेठ २२, काठमाडौं । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्किने प्राथमिकतामा परेकाहरुलाई सरकारले उद्दार पश्चात राख्ने स्थान तयार पारेको छ । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका गरी ९ वटा पार्टी प्यालेसहरुलाई होल्डिङ सेन्टरका रुपमा तयार पारिएको छ । यसैगरी ४ वटा क्वारेन्टिन पनि तयार भएका छन् ।


विदेशबाट फर्किनेहरुलाई सुरुमा राख्नका लागि मिराकल पार्टी प्यालेस, सुकेधारा, कुण्डलिनी दरबार ब्यांक्वेट, चप्पल कारखाना, यती पार्टी प्यालेस, बसुन्धरा, मण्डला पार्टी प्यालेस, ग्वार्को, इम्पेरियल पार्टी प्यालेस, भक्तपुर, हेरिटेज पार्टी प्यालेस, सिद्धार्थ कटेज, धोबीघाट, डिलाइट पार्टी भेन्यु, ललितपुर, स्काइजोन पार्टी प्यालेस, धुम्बाराही तयार पारिएका छन् । 

विदेशबाट फर्किने मध्ये प्रदेश नं १ का नागरिकलाई सल्लाघारीस्थित इम्पेरियल ब्यांक्वेटमा तथा प्रदेश नं २ का नागरिकलाई मध्यपुर थिमि स्थित हेरिटेज ब्यांक्वेटमा होल्ड गरिने जानकारी दिइएको छ । यसैगरी विद्युत् प्राधिकरण तालिम केन्द्र, खरिपाटी, मनमोहन मेडिकल कलेज, दहचोक, काठमाडौं मेडिकल कलेज, दुवाकोट तथा इचंगुनारायण आवास क्षेत्रमा क्वारेण्टिनका लागि तय गरिएको छ ।


यसअघी सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको थियो  । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आइतवार ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा हस्ताक्षर गरेसँगै अब विभिन्न देशबाट नागरिक फिर्ता ल्याउने प्रक्रिया शुरु भएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट ल्याइने नागरिकहरुको व्यवस्थापनमा नेपाली सेनालाई समेत खटाउने निर्णय सरकारले गरिसकेको छ । नेपाल भारत सीमाका प्रवेश विन्दू व्यवस्थापन गर्ने काम जिल्ला प्रशासन र स्थानीय तहको भए पनि त्यसमा नेपाली सेनालाई तत्कालै सहयोगगका लागि पठाइने भएको छ । भारतबाहेक तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकिकरण, विवरण संकलन तथा सरोकारका निकायहरुमा उपलब्ध गराउने जिम्मेवारी परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुलाई दिइएको छ । यो विवरण दश दिनभित्र तयार पारिने कार्ययोजनामा उल्लेख भए अनुसार हाल विवरण संकलन कार्य विदेशस्थित दुतावासहरुले गरिरहेका छन्  ।

कस्ता व्यक्तिहरु नेपाल आउन सक्छन् ? 

१. सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्तिहरु

२. नेपाल आउन अनुमति प्राप्त भएका व्यक्तिहरु

३. जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु

४. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरु 

५. श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु

६. कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्तिहरु 

७. सुत्केरी तथा गर्भवती महिलाहरु

८. बालबालिकाहरु

९. ज्येष्ठ नागरिकहरु

१०. अपाङ्गता भएका व्यक्तिहरु 

११. सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्तिहरु (जो नेपाल आउन नपाएका छन)

१२. अध्ययन समाप्त भएका विद्यार्थीहरु

१३. कलेज वन्द भएका विद्यार्थीहरु 

१४. पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएकाहरु 

१५. कम्पनीबाट अनिवार्य विदामा बसेकाहरु 

१६. अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहनु भएका व्यक्तिहरु 

१७. पर्यटक तथा व्यापारी राहदानीमा गएका नेपालीहरु 

प्रतिव्यक्ति खाना खर्च १७५

विस्तृत कार्ययोजनामा स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र क्वारेन्टिनमा रहँदाको खाना खर्च बापत प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँका दरले १४ दिनको लागि हुने खर्च बापतको रकम अर्थ मन्त्रालयले स्थानीय तहलाई बिल अनुसार उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकाभित्रको होल्डिङ सेन्टरको भाडा भने सम्बन्धित जिल्ला प्रशासलाई अर्थ मन्त्रालयले उपलब्ध गराउने छ । तेस्रो मुलुकबाट आउने नागरिकले हवाई उडान, यातायात र होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्नेछ । तर, स्थानीय तहका क्वारेन्टिनमा बस्नेले भने व्यहोर्नुपर्ने छैन । भारतबाट आउने नागरिकले होटल क्वारेन्टिनमा बस्न चाहेमा सबै खर्च आफैंले व्यहोर्नुपर्नेछ । उनीहरुको खर्च सरकारले व्यहोर्नेछैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ