2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा समस्यामा परेकाहरुलाई भोलिबाट नेपाल ल्याइने, पहिले कुन देशका ?

जेठ २२, काठमाडौं । सरकारले शुक्रबार (भोलि)बाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबालालई जानकारी दिए ।

युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने जनाइको छ । यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो । त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो । त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको हो ।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो । युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ । यसको सूची युएईले पठाइसकेको छ।

उता कुवेतमा ३ हजार नेपाली श्रमिकले आममाफी पाएका छन्। आममाफी पाएका कामदारलाई कुवेतले हवाई टिकट सहित नै नेपाल फर्काइदिने भएको छ।  उनीहरुलाई फर्काउने मिति र विस्तृत तथ्यांक त्यहाँस्थित दूतावासले तयार गरिरहेको छ । 

विदेशबाट फर्काइनेहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टिनहरु तयार, कहाँ कहाँ छन् हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु