2026-10-17 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशबाट फर्काउने जिम्मेवारी रोजगारदाता र गन्तव्यमूलकको, नसक्नेलाई सरकारले ल्याउनु पर्दछ’

जेठ २४, काठमाडौं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा गएर कोभिड १९ का कारण अलपत्र परेका श्रमिकलाई नेपाल फर्काउने जिम्मेवारी रोजगारदाताहरु तथा गन्तव्य मुलुकको भएको बताएका छन् । शनिबार संसदमा बोल्दै उनले अप्ठ्यारोमा परेकाहरुलाई सरकारले नै ल्याउनु पर्ने बताएका हुन्  ।

कोभिड १९ का कारण विश्वमा करोडौं व्यक्तिले रोजगारी गुमाउने आईएलओको प्रक्षेपण प्रस्तुत गर्दै नेपालमा पनि १६ देखि २० लाख व्यक्तिले रोजगारी गुमाउन सक्ने उनले बताए । यसमा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाई थियो ।

वैदेशिक उत्पादन खपत गर्ने मुलुकका रुपमा रहेको नेपाललाई उत्पादनमुलक काममा लगाउनुपर्ने अवस्था छ उनले भने ‘३८ प्रतिशत श्रमिक जसले सवैभन्दा बढी काम गर्छन्, उनीहरु सवैभन्दा गरिव छन् ।’श्रम बजारको माग र जनशक्तिको आपूर्तिबीचमा तादात्म्यता मिलाउन सीपयुक्त जनशक्ति विकासका लागि सरकारले विनियोजन गरेको बजेट प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको उनको भनाई थियो ।

संसदमा बोल्दै नेपाली काँग्रेसकी साँसद डिला संग्रौला पन्तले विदेशमा रहेका जो श्रमिकले प्लेन चार्टर्ड तथा क्वारेण्टिनको खर्च व्यहोर्न सक्दैनन्, उनीहरुलाई सरकारले नै ल्याउनु पर्ने माग गरिन् । उनले सरकारले अभिभावकत्व प्रदान गर्न आवश्यक रहेको भन्दै सरकारले नेपाली श्रमिकलाई विदेशबाट ल्याउन थालेको बताइन् ।

छायाँ श्रम मन्त्री समेत रहेकी साँसद संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रम र आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमले उत्पादन पनि नबढ्ने तथा वास्तविक श्रमिकले रोजगारी पनि नपाउने बताइन् । उनले सहुलियत ऋण दिने कार्यक्रम यस बर्षको बजेटमा पनि ल्याएको भन्दै तर गत बर्ष यस्तै कार्यक्रम झण्झटिलो प्रकृयाका कारण श्रमिकले प्राप्त गर्न नसकेको भन्दै यसबर्ष पनि त्यहि कुरा दोहोरिने हो की भन्ने आशंका व्यक्त गरिन् ।

उनले महामारीका कारण रोगले भन्दा पनि भोकले मर्ने अवस्था रहेको भन्दै न्यूनतम पारिश्रमिक पनि श्रमिकले पाउन नसकेको बताइन् । श्रमिकप्रति उद्योग प्रतिष्ठानहरुको मैत्रीपूर्ण व्यवहार भएको, सामाजिक सुरक्षा अत्यन्त कमजोर रहेको हुनाले बजेटमा उल्लेखित केवल सैद्धान्तिक कुराले मात्र श्रमिकको हित कसरी गर्न सकिन्छ भनेर प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु