2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री लक्षित कांग्रेस सांसद सिंहको अभिव्यक्तिमा सत्यता छैन : व्यवसायी संघ

जेठ २५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई जोडेर नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ।

शनिबार आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट अन्तर्गत श्रम मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै सांसद सिंहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादव माथि ५ सय १२ म्यानपावर कम्पनीहरुहरुसँग एक/एक लाख रुपैयाँ मोलतोल गरिरहेको आरोप लगाएका थिए । तर भनाईमा आपत्ति जनाउंदै संघले कानुनत प्रकृयामा रहेको विषयमा मन्त्रीलाई जोडेर अनावश्यक विवादमा तान्न खोजिएको जनाएको हो ।

श्रममन्त्रीले म्यानपावर व्यवसायीसंग ५ करोड घुस मागेको आरोप, वास्तविकता के हो ?

वार्षिक सय जना कामदार पठाउन नसक्ने म्यानपावरको इजाजत पत्र  खारेजी हुने वैदेशिक रोजगार ऐन २०६४ को व्यवस्था संसोधन गर्न मन्त्रिषरिषद् बैठकले गत चैत १६ गते प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार श्रम मन्त्रालयले प्रकृया अगाडि बढाएको संघको दावी छ ।

विद्यमान व्यवस्था कायम रहँदा ७५ प्रतिशत म्यानपावरको इजाजत पत्र नविकरण हुन नसक्ने अवस्था रहेको संघले जनाएको छ। ‘१७ महिना सरकारले मलेसिया पठाउन रोक लगाएको, २०७६ फागुन महिनादेखि श्रम स्वीकृती दिन बन्द गरिएको परिप्रेक्ष्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायीलाई परेको मर्का बुझी यो प्रावधान निकास दिने प्रकृया सुरु गरेकामा माननीय मन्त्री  ज्युलाई लक्ष्यित गरि आएको अभिव्यक्ति र प्रकासित समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै यस्तो अभिव्यक्ती र समाचारको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जोडदार खन्डन गर्दछ’, संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु