2026-10-17 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको दुबईबाट नेपाल एयरलाइन्सको दुई उडान, आबुधाबीबाट हिमालयनको दुई उडान (सूचना सहित)

जेठ २९, काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण युएईमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा युएई स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार असार २, ४, ६ र ९ गते चार उडान मार्फत पहिलो चरणमा नेपालीहरुलाई स्वदेश फिर्ता ल्याइने भएको छ ।

दुतावासले युएईमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै नेपाल एएरलाइन्सको जहाजले दुबईबाट असार २ र ४ गते दुई उडान गर्ने जनाएको छ । त्यसपछि असार ६ र ९ गते हिमालयन एएरलाइन्सको जहाजले आबुधाबीबाट उडान गर्नेछ । 

दुतावासले प्राथमिकतामा परेका नेपालीहरुले टिकट खरिद नगरे पछिल्ला क्रममा परेकाहरुले टिकट खरीद गर्ने मौका पाउने समेत जनाएको छ । 

यूएईमा समस्यामापरी नेपाल आउन चाहनेहरुले विदेशबाट आउँदाको हवाई शुल्कदेखि क्वारेन्टाइन खर्च समेत आफैले व्यहोर्नुपर्ने नीति लिएको छ । उडानमा प्राथमिकतामा परेकाहरुले प्रतिव्यक्ति ५०० अमेरिकी डलर (लगभग १८३६ दिराम) का दरले टिकट खरिद गर्नुपर्ने भएको छ । सरकारले प्राथमिकता निर्धारण गरेर स्वदेश फिर्ता लैजाने नागरिकलाई झन्डै तेब्बर हवाई भाडामा लैजान शुल्क निर्धारण गरेपछि समस्यामा परेकाहरुले सरकारको चर्को आलोचना गरेका छन् । 

दुतावासले पछिल्लो पटक जारी गरेको सूचना हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु