2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार ठप्प, तर विभागले भन्यो ‘५ लाख नगद धरौटी सहित नवीकरण गर्न आउनुस्’

जेठ ३२, काठमाडौं। वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नविकरण प्रक्रिया शुरु गर्न अभिमुखीकरण तालिम प्रादायक संस्थाहरुलाई अनुरोध गरेको छ । विभागले एक सूचना जारी गरी वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई नविकरण प्रक्रिया शुरु भएको जनाउंदै तालिम प्रादायक संस्थाहरुलाई अनिवार्य ५ लाख नगद धरौटी राख्न अनुरोध गरेको हो ।

सरकारले वैदेशिक रोजगार नियमावली संसोधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । तालिम प्रदायक संस्थाले अब नवीकरण गर्दा अनिवार्य रुपमा नगद धरौटी बुझाएको भरपाई पेश गर्नुपर्ने विभागले जनाएको छ । कोरोना महामारीका कारण हाल वैदेशिक रोजगार ठप्प छ जसका कारण अहिले तत्काल नगद धरौटी राख्न समभव नभएकोले धरौटी राख्ने समय थप गरिदिन तालिम प्रयादक व्यवसायीहरुले माग गर्दै आएका छन् ।

विभागले इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)हरु, अभिमुखीकरण तालिम प्रादायक संस्थाहरु, सीपमूलक तालिम प्रदायक संस्थाहरु, घरेलु कामदारलाई तालिम दिने संस्थाहरु र केयर गिभर सम्बन्धि तालिम दिने र पठाउने संस्थाहरुलाई नविकरणको लागि सूचना जारी गरेको हो ।

विभागको सूचनामा ‘वैदेशिक रोजगार सम्बन्धि प्रचलित कानून बमोजिम स्थापना भई विभागबाट ईजाजतपत्र प्राप्त गरेका सनास्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार  नियमावली, २०६४ र सम्बन्धित निर्देशिका एवम् कार्यविधि बमोजिम मिति २०७७ असार मसान्तभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजातपत्रहरु संलग्न गरी नविकरंका लागि निवेदन आव्हान गरिएको छ ।’ 

वैदेशिक रोजगार विभागमा नविकरणका लागि जाने सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, रीतपूर्वक सबै कागजात सहित फाइलमा संस्थाको नाम, संचालकको नाम र सम्पर्क नम्बर उल्लेख हुनुपर्ने नियम छ । नवीकरणका लागि जानेहरुले संस्थाबाट परीचय पत्र सहित अख्तियारी लिएर एक जना मात्र उपस्थित हुनुपर्ने समेत जनाएको छ । 

तल हेर्नुहोस् विभागले जारी गरेको सूचना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु