2026-10-17 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्य दूताबासहरुले पनि ओमानस्थित नेपाली दूताबासबाट केहि सिक्ने कि ?

योगेन्द्र योगी | असार २, दोहा | प्राय खाडीमुलक लगायत मलेसियास्थित नेपाली दूताबासहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो नसुनेको, दूताबासमा सम्पर्क गर्दा फोन नउठाउने गरेको समस्या सार्वजानिक भइरहेको बेला ओमानस्थित नेपाली दूताबासले भने एक सराहनीय काम गरेको छ । 

दूतावासले आफ्ना नागरिकलाई सरकारले तोकेको भाडादर भन्दा  सस्तोमा नेपाल पठाएर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रशंनीय काम गरेकी छिन् ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण  स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण पहिलो चार्टर उडानमार्फत् ओमानबाट १६६ यात्रु नेपाल फर्किसकेका छन् ।

उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो।

विमानस्थलमा उपस्थित सम्पूर्ण नेपालीहरुलाई राजदूत सर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि नमस्कार गर्दै उनीहरूको सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् । 

यात्रुहरूले स्वदेश फर्कने अवसर जुटाइदिएकोमा राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद दिएका थिए । दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गरेका थियो । 

यसैगरी दोस्रो चार्टर उडान जुन १८ मा हुने गरी कार्य प्रक्रिया अगाडि बढाइएको छ। तसर्थ अन्य खाडी देशहरुबाट धमाधम उडान रद्द भैरहेको बेला ओमानस्थित नेपाली दूताबासले गरेको यो कार्यबाट अन्य देशमा रहेका नेपाली दूताबासहरुले पनि अब केहि सिक्ने कि ? 

माथिको तस्बिरमा: बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु