2026-06-20 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान

असार ५, काठमाडौँ | मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । 

अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ पछि बन्दाबन्दीको अवधि जेठ ३२ र पछिल्ला उडानमध्ये सम्भवतः आज धेरै उडान हो, बन्दाबन्दीको दोस्रो र तेस्रो साता यात्रु चार्टर्ड र कार्गो गरी दैनिक सरदर पाँचदेखि सात अन्तर्राष्ट्रिय उडान भएका थिए ।” 

महाप्रबन्धक केसीका अनुसार सामान्य अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुवै गरी ५०० देखि ५५० उडान हुन्थे । यसमा अन्तर्राष्ट्रियतर्फ उडान तथा अवतरण गरी करिब १०० र आन्तरिकमा झण्डै ३५० उडान हुने गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि नेपालमा पनि झण्डै तीन महिना बन्दाबन्दी भयो । अहिले पनि बन्दाबन्दी पूर्णरुपमा खुलिसकेको छैन । यो अवधिमा अन्तर्राष्ट्रिय हवाई उडान पनि हाललाई स्थगित गरिएको छ । पछिल्लो पटक हवाई प्रतिबन्ध जेठलाई असारको अन्तिम सातासम्मका लागि लम्ब्याइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साताअघि कूटनीतिक माध्यमबाट हुने बाहेकका सबै व्यावसायिक चार्टर्ड उडान बन्द गरेको छ । तथापि विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्काउन पछिल्लो पटक १० दिनका लागि चार्टर्ड उडान गर्न दिइएको हो ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै नेपालका तर्फबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उद्धार उडान गरी नेपाली ल्याइरहेका छन् । दुवै एयरलाइन्सले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर्ड उडानको कार्यतालिका बनाएर धमाधम उडान गरिरहेका हुन् ।

आज मात्रै नेपाल एयरलाइन्सले दुबईबाट १४८ नेपाली ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५३ नेपाली ल्याएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी जजिरा एयरले कुवेतबाट १५० नेपाली चार्टर्ड उडानमार्फत नेपाल ल्याएको छ । यस्तै कतार एयरवेजले दोहाबाट ४३ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका तीन जहाजले आज दोहाबाट कार्गो उडान गरी काठमाडौँ ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

यता हिमालयकै न्यारोबडी जहाजले आज साँझ माल्दिभ्सबाट नेपाली काठमाडौँ ल्याएको छ । यात्रु सङ्ख्याको विवरण आएको छैन । अन्तराष्ट्रिय विमानस्थलबाट साँझ ७:०० बजे इटाली एयरलाइन्सले ९२ यात्रु लिएर इटाली प्रस्थान गर्ने तालिका छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि राति ९:०० बजे उडान भर्ने तालिका रहेको छ ।

आन्तरिकतर्फ आज श्री एयरको हेलिकोप्टरले बाग्लुङ, तारा एयरले भैरहवा, समिट एयरले लुक्ला, कैलाश हेलिकोप्टरले लाङटाङ  र बुद्ध एयरको लोकल पीपीसी उडान भएको विमानस्थलले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ सम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । निगमले जुन १५ देखि जुन २९ सम्मको उद्धार उडानको नयाँ कार्यतालिका बनाएको छ । बिहीबार आठ उडान भएका थिए ।


कतारमा आममाफी पाएका ४३ नेपाली फर्किए  

विमानस्थलका अनुसार आज भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनीहरु दिउँसो काठमाडौँ आइपुगेका हुन् । कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ । सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक÷एक नेपालीको शव पनि ल्याइएको छ । यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो । जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो । शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ