2026-10-17 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट ३ बच्चा सहित १४९ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स, राजदूत पुगे विमानस्थल

योगेन्द्र योगी | असार ७, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण  तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुरूप पहिलो चरणमा कतारको दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको  उडान न: २३९२ बाट १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन्  । 

यो उडानमा ३ जना नाबालक, २९ जना सुत्केरीगर्भवती सहित ८२ जना महिला र ६४ जना पुरुषहरु रहेको दूतावासले जनाएको छ । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि बिदाई गर्न पुगेका थिए । 

अर्को उडान २२ तारिक र २४ तारिकमा हिमालयन एयर लाइन्स मार्फत हुने  दूतावासका दितिय सचिब प्रबिण भट्टराईले जानकारी दिएका छन् । दूतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको थियो । 

उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्ने गरेको छ । यस अघि आममाफी पाएका ४३ जना र २० वटा शव कतार सरकारले नेपाल पठाई सकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु