2026-10-17 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट फर्केका ९४ जना गर्भवती बैधानिक हुन्, मिडियामा आएको भ्रम र यथार्थ

योगेन्द्र योगी | असार ७, दोहा | गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फद १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो ।

फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका थिए ।

१ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक थिए भने ३ जना जेष्ठ नागरिक पनि थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले लगायत नेपाली मिडियाहरुले विभिन्न हेडलाइन राखेर समाचार प्रकासन गर्न पनि भ्याए ।  

सामाजिक संजालमा ब्यापक नकारात्मक सन्देश फैलाएको भन्दै एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले भने ‘शुक्रबार नेपाल फर्केका ९४ जना गर्भवती चेलीहरु यो महामारीको समयमा युएईको महंगो प्रसुती खर्च जोगाउन वा आफ्नै देशमा आफन्त परिवार माझ सुलभ प्रसुती र हेरचाह हुन्छ भनेर फर्केका वैधानिक गर्भवतीहरु थिए ।’ 

उपाध्यक्ष पासाङ्ग शेर्पाका अनुसार २७ जनाका त श्रीमानहरु पनि संगै फर्केका थिए भने अन्यका श्रीमानहरु एअरपोर्टसम्म छोड्न आएका थिए । बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु थिए । 

शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘दुबई एअरपोर्टमा म स्वयं र बिकाश शाही सबै यात्रुहरुको सहजीकरणको लागि खटेका थियौ भने हरेक यात्रुसंग हामीले आफै अन्तरक्रिया समेत गरेको हुनाले सामाजिक संजालमा देखिएको नकारात्मक टिप्पणीहरु आधारहिन भएको जानाकारी गराउनको साथै सबै बिकृत मानसिकताको उपजका कारण लेख्ने टिप्पणीकारहरुको तुच्छ सोचलाई हार्दिक श्रद्धाञ्जलीको लोप्पाले लोपारिदिएको जानकारी समेत गराउदछु ।’

तसर्थ आम संचार जगत बिशेष गरि नेपाली मिडियाले सत्य तथ्य बुझेर मात्र कलम चलाउदा उचित होला । सोच अलि बदलौ कसैको पनि चरित्र हत्या गरेर लाईक कमेन्ट बटुल्ने काम नगरौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु