2026-10-17 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट हालसम्म ८ सय नेपाली स्वदेश फर्किए, भिसाको अवधि सकिए पनि फर्कंदा जरिवाना नलाग्ने

योगेन्द्र योगी | असार १३, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडान मार्फद हालसम्म ८ सय ०७ जना नेपाली नागरिक स्वदेश फर्किसकेको एनआएनए साउदीले जनाएको छ । 

जुन १८ बाट सुरु भएको हिमालय एयरलाइन्स मार्फत साउदीको दमामबाट १५३ जना, रियाद नेपाल एयरलाइन्स बाट २४७ जना  जुन २३ मा दमामबाट हिमालय एयरलाइन्सको दोस्रो उडान मार्फत १५४ जना र जेध्दाबाट नेपाल एयरलाइन्स मार्फद २५३ जना सहित ४ वोटा शव नेपाल पुर्याइएको एनआएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् ।

कोरोनाबाट हालसम्म साउदीमा संक्रमितको संख्या १ लाख ७४ हजार ५ सय ७७ पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख २० हजार ४ सय ७१ पुगेको छ भने हालसम्म  १ हजार ४ सय ७४ जनाको मृत्यु भैसकेको छ । 

यता, साउदी सरकारले कोरोनाका कारण भिसाको म्याद सकिएको भए पनि  साउदीबाट जरिवानाबिनै नेपालीहरु स्वदेश फर्कन सक्ने जनाएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने जनाएको छ ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन । साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु