कतारबाट एक शव सहित १४८ जना नेपाली स्वदेश फर्किए

साझासवाल
1 Min Read

योगेन्द्र योगी | असार १५, दोहा | कोरोना लगायत विभिन्न समस्याका कारण स्वदेश फर्कन नपाएकाहरु उद्धार उडानमार्फत् कतारबाट १ सय ४८ जना नेपाली स्वदेश फर्केका छन् ।

कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडानमार्फत् ३२ जना महिला र र १ सय १६ जना पुरुष स्वदेश फर्केका हुन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको न: २३९२ को उडानमा हालै दोहामा मृत्यु भएका एक जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको दूतावासले जनाएको छ ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुलाई बिदाई गर्न दूतावासका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरि अर्को उडान जुन ३० मा हिमालय एयरलाइन्स मार्फद हुने तय भएको दूतावासले जनाएको छ ।

Leave a Comment

Leave a Reply