2026-10-17 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

Breaking News : वैदेशिक रोजगारीको लागि पुन: श्रम स्वीकृति खुल्यो

मनोज पराजुली । असार १८, काठमाडौं । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभाग अन्तर्गत  काठमाडौं कार्यालय  ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिए ।

आजबाट पुन श्रम स्वीकृति खुला गरिएको छ बस्नेतले भने ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन श्रम स्वीकृति दिनेछौं ।  वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुन श्रम स्वीकृति प्रदान गरिने उनले बताए । नयाँ श्रम स्वीकृति भने अहिले नपाइने उनले बताए  ।

काठमाडौं कार्यालयबाट आज नै श्रम स्वीकृति दिन शुरु गरिने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले साझा सबाललाई जानकारी दिए । अन्य  प्रदेशमा रहेका श्रम कार्यालयहरुबाट आइतबारबाट मात्र पुन श्रम स्विकृति दिन शुरु गरिने उनले बताए ।

काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइ सकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलाएको थियो ।

सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय गरिएको थियो । 

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ । 

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द 

श्रम कार्यालयहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरेपनि ततकाल उनीहरु नियमित हवाई उडानबाट विदेश जान पाउने छैनन् । असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ । साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन । 

नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु