पढ्न करिब 5 मिनेट लाग्छ
असार १८, काठमाडौँ | 'वैदेशिक रोजगार' मोवाइल एप डाउनलोड गरेका हजारौं युवाहरुले दैनिक बैदेशिक रोजगारीको डिमाण्ड हेर्न खोजिरहेका छन् तर कोरोना महामारीको कारण म्यानपावर कम्पनीहरु बन्द भएसंगै कुनै म्यानपावरले उक्त एपमा डिमाण्ड अपडेट दिएका छैनन् । डिमाण्ड अपडेट नभएपछि उक्त एपमा हाल कुनै डिमाण्ड देखिएको छैन ।
अर्को सन्दर्भ पनि छ एपमा दैनिक आउने गुनाशोमा प्राय गुनाशोहरु पछिल्लो समय 'श्रम कहिले खुल्छ ?' भन्ने रहेको छ । यसरी समस्या राख्नेहरुमध्ये अधिकांश बिदामा नेपाल आई विदेश जान नपाएकाहरु छन् ।
कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएर, समस्यामा परेर वा करार अवधि सकिएर नेपाल आउन चाहनेहरुको हाहाकार भईरहेको बेला नेपालमा लकडाउन खुकुलो भएसंगै वैदेशिक रोजगारीमा जान चाहनेहरु पनि बढीरहेको पाइएको छ ।
'वैदेशिक रोजगार' फेसबुक पेजमा केहि साता यता हजारौंले 'नयाँ डिमाण्ड के छ ?', 'एपमा डिमाण्ड कहिलेबाट देखाउंछ ?', 'अन्तराष्ट्रिय फ्लाईट कहिलेदेखि खुल्छ ?', 'कुन-कुन देशको डिमाण्ड आउदैछ ?' भन्दै प्रश्न गर्न थालेका छन् । त्यसो त धेरैजसो गुनाशो 'श्रम कहिलेदेखि खुल्छ ?' भन्ने नै छ । बैदेशिक रोजगारीबाट विदामा आएर जान नपाएकाहरुले यस सम्बन्धि धेरै गुनाशो गरेका छन् ।
वैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
गुनाशो तथा सोको उत्तरहरु:
'श्रम स्वीकृति कहिलेदेखि खुल्छ ?'
- आजदेखि वैदेशिक रोजगारीमा गएर विदामा आई विदेश जान नपाएकाहरुलाई पुन: श्रम स्वीकृति लिन खुलाइएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिएका छन् ।
आजबाट पुन श्रम स्वीकृति खुला गरिएको बस्नेतले जानकारी दिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएलगत्तै पुन: श्रमस्वीकृतिको काम सुरु भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन: श्रम स्वीकृति दिइन्छ । वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुन श्रम स्वीकृति प्रदान गरिने उनले बताएका छन् । नयाँ श्रम स्वीकृति भने अहिले पाइदैन । नयाँ श्रम स्वीकृति लिन अर्को निर्णय कुर्नुपर्ने हुन्छ ।
असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
अहिले नेपालमा लकडाउन खुकुलो बनेको छ । केहिदिन अघि कोरोना महामारीका कारण रोकिएको वैदेशिक रोजगार प्रक्रिया खुला गर्न श्रम स्वीकृति दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलानै छ । त्यसै अनुसार पुन:श्रम स्वीकृति दिने निर्णय भएको छ तर नयाँ श्रम स्वीकृतिको लागि अझै अनिश्चित नै छ ।
तल Screenshot हेर्नुहोस् , 'वैदेशिक रोजगार' एप मार्फत समस्या तथा गुनाशो गर्ने क्रममा एक युवाले लेखेको समस्या तल जस्ताको तस्तै, एप मार्फत दैनिक सयौं वैदेशिक रोजगार सम्बन्धि गुनाशोहरु आउने गरेका छन् ।
'नयाँ डिमाण्ड के-के छन् ?'
- कोरोना महामारीको कारण फागुन ३० गतेदेखि श्रम स्वीकृति दिने काम बन्द छ, पुन: श्रम स्वीकृति दिन सुरु गरिएकोले नयाँ श्रम स्वीकृति दिने काम पनि छिट्टै सुरु हुनसक्ने आशा गरिएको छ । त्यसपछि वैदेशिक रोजगारको लागि खुलेका कम्पनीहरु समेत खुल्नेछन् । त्यसैले एपमा हाल कुनै डिमाण्ड देख्न सक्नुहुन्न । कोरोनाको कारण विदेशमा समस्यामा परेका नेपालीहरुको ठूलो संख्या छ, कयौंले रोजगारी गुमाएका छन् । वैदेशिक रोजगार क्षेत्र खुलेपनि विदेशमा होटल, पर्यटन लगायतको क्षेत्र कोरोनाको कारण प्रभावित बनेकोले आगामी केहि समय विदेशबाट नेपाली कामदारको मागमा पनि कमि आउनेछ । त्यसो त कोरोना महामारीको त्रासकै अवस्थामा विदेश जान चाहनेको संख्या पनि कमि हुनसक्ने अवस्था छ । नयाँ श्रम स्वीकृति खुलेपछि म्यानपावर कम्पनीहरु खुल्छन् र नयाँ डिमाण्डहरु आउन थाल्छन् । वैदेशिक रोजगारीको लागि सरकारी संयन्त्रले काम सुरु गरेर, वैदेशिक रोजगारीको लागि हवाई उडानको निश्चितता गरे लगत्तै वैदेशिक रोजगारका डिमाण्डहरु आउने तथा विदेश जान पाइने अवस्था हुनेछ ।
'अन्तराष्ट्रिय फ्लाईट कहिलेदेखि खुल्छ ?'
नेपालले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । उडान खुलेपछि मात्र विदेश जान पाइने हुन्छ तर संक्रमित झनै बढेको अवस्थामा उडान अनिश्चित पनि हुनसक्छ । तर अहिलेको अवस्थामा सरकारले पुन: श्रम स्वीकृति खूला गरेसंगै चार्टर्ड उनीहरु चार्टर्ड गरेर विदेश जान सक्छन् । हाल नयाँ श्रम स्वीकृति खुलाइएको छैन त्यसैले नयाँ प्रक्रियामा विदेश जान चाहनेले अहिले श्रम स्वीकृति लिन पाउने छैनन् । कोरोना महामारीको वर्तमान परिस्थितिमा मिति तोकेर गरिएका कुनैपनि निर्णयमा आशंका हुन्छ । महामारी नहट्दा वा महामारी नियन्त्रणको निश्चित समाधान नहुँदासम्म कुनै पनि कुराको टुंगो छैन । त्यसैले यो जानकारी तयार पार्दासम्म अन्तराष्ट्रिय फ्लाईट यही मितिबाट खुल्छ भन्ने निश्चित छैन । हाल बिभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने चार्टर्ड उडानहरु भने धमाधम भईरहेका छन् । त्यसो त विदामा आएकाहरु विदेश जान चाहेमा चार्टर्ड गरि जान सक्छन् ।
विदेश जानेलाई निरोगिताको प्रमाणपत्र चाहिन्छ
महामारीका बीच विदेश जानेलाई श्रम स्वीकृति र उडानको निश्चिततासंगै अर्को आवस्यकता भनेको उक्त व्यक्तिमा कोरोना छैन भन्ने निश्चितता हो । निरोगिताको प्रमाणपत्रको लागि समेत सरकारले बिभिन्न तीन अस्पताललाई कोरोना परीक्षणको लागि स-शुल्क व्यवस्था गरेको अवस्था छ । निरोगिताको प्रमाणपत्र लिनको लागि बैदेशिक रोजगारीमा जान चाहनेहरुले बीर, टिचिङ वा पाटन अस्पताल पुगेर ५ हजार पाँचसय तिरेर प्रमाणपत्र लिन सक्छन् ।