2026-10-17 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अगष्ट १ देखि कुवेत आउन पाइने

योगेन्द्र योगी | असार १९, दोहा | कुवेत सरकारले आगमी अगष्ट १ बाट ब्यबसायिक उडान् खुल्ला गर्ने तयारी थालेको छ । अरव टाइम्सका अनुसार कुवेतले दैनिक १२० देखी १३० वटासम्म उडान हुने जनाएको छ । 

छुट्टीमा रहेका नेपाली लगायत अन्य आप्रबासी कामदारले कुवेत प्रवेश गर्दा अनिवार्य रुपमा पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नु पर्ने र परिक्षणको खर्च आफैले ब्यहोर्नु पर्ने जनाएको ।

अगष्टको एकबाट ब्यबसायिक उडानहरू सुचारू गराउने र शुरूवाती चरणमै दैनिक  १२० देखी १३० वटासम्म उडान गराउने तयारी कुवेत सरकारले थालेको अरव टाइम्सले जनाएको छ । 

कुवेत सरकारले ३ चरणमा उडान ब्यबसायिक खुलाउने जनाएको छ । पहिलो चरणमा अर्थात आगमी अगष्ट १ बाट  दैनिक ८ देखी १० हजार यात्रु उडाउने लक्ष्यसहित दैनिक १२० देखी १३० वटासम्म उडान गर्ने भएको छ । 

दोस्रो चरणको शुरूवात करीव ६ महिनापछि अर्थात आउदो फेब्रुअरी १ बाट हुनेछ भने उक्त अवधिमा दैनिक २० हजार यात्रुले उडान भर्न सक्ने गरी २०० वटा सम्म उडानहरू भर्न दिइने अरव टाइम्सले जनाएको छ । 

तेस्रो चरणको उडान झण्डै १ बर्ष पछि शुरू हुनेछ भने त्यस समयमा ३० हजार यात्रुले आवतजावत गर्ने पाउने छन् । कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६,१९५ जना पुगेको छ । 

हालसम्म ३७ हजार ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म कोरोनाका कारण ३५४ जना मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु