2026-10-17 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा आममाफी पाएका २ हजार ९८१ जना नेपाली स्वदेश फर्किए, अब १० जना बाँकी

योगेन्द्र योगी | असार २२, दोहा | कुवेत सरकारबाट आममाफी पाएर आश्रय क्याम्पमा बसिका २ हजार ९ सय ८१ जना नेपाली स्वदेश फर्किसकेका छन् । 

आममाफी २ हजार ९ सय ९१ जना नेपाली सहभागी थिए भने जस मध्ये १० जना महिला बाहेक २ हजार ९ सय ८१ जना नेपाली नागरिक नेपाल फर्किसकेको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन्  नेपाल पुगेको जानकारी दिएका छन्  । 

आममाफीमा सहभागी बाँकी १० जना महिलाले विभिन्न बैंक तथा कम्पनीबाट ऋण लिएका र नतिरेको कारण मुद्दाहरु चलाईएकाहरु रहेको गैर आवासीय नेपाली संघ कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले बताए । 

अब लिएका ऋण तिरेपछी वा सम्बन्धित निकायबाट मिनाह भएपछि मात्र  बाँकी १० जनाको स्वदेश फर्किने बाटो खुल्ला हुने उपसंयोजक अर्यालले बताए । 

गत महिना जुन ११ देखि आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपालीहरुको अल जजिरा एयरमार्फद उद्दार उडान सुरु भएको थियो कुवेत सरकारले गत अप्रिलको २५ देखि ३० तारिखसम्म संचालन गरेको आममाफिमा महिला र पुरूस गरि २ हजार ९ सय ९१ जना सहभागी भएका थिए ।  

आममाफिमा सहभागी सबै नेपालीहरुलाई  कुवेत सरकारले निशुल्क उद्दरा गरेको हो । कुवेतमा करिव ७ हजार नेपाली कामदार अबैधानिक रुपमा बसेको तथ्यांक बाहिर आए पनि यस पटक २ हजार ९ सय ९१ जना मात्र आममाफीमा सहभागी भएका थिए । 

यस्तै कोरोना लगायत विभिन्न कारणले स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार चाटर उडानमार्फद स्वदेश फर्काउने कार्य भैरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु