2026-10-16 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाधा अड्काउ फुकाउने प्रस्ताव मन्त्रिपरिषदमा, ५ सय ३१ म्यानपावर खारेज हुनबाट जोगिने

मनोज पराजुली । असार २३, काठमाडौँ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ कार्यन्वयनमा देखिएको समस्या समाधानका लागि बाधा अड्काउ फुकाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकमा म्यानपावर कम्पनी (इजाजत पत्र प्राप्त कम्पनी) नवीकरण गर्नमा देखिएको कानुनी प्रावधान हटाउन बाधा अड्काउ फुकाउने प्रस्ताव लैजान लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले साझा सबाललाई जानकारी दिए  ।

वैदेशिक रोजगार ऐन २०६४ ले लगातार २ वर्षसम्म वार्षिक एक सयजना पनि कामदार पठाउन नसकेका इजाजतपत्र रद्ध गर्ने व्यवस्था गरेको छ । तर सो व्यवस्था अनुसार म्यानपावर कम्पनी नवीकरण गर्न हाल संचालनमा रहेका ८ सय ५३ कम्पनी मध्ये ५ सय ३१ वटाले वार्षिक सय जना कामदार विदेश पठाउन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए । 

वैदेशिक रोजगार ऐनको दफा ८२ अनुसार ऐनको उदेश्य कार्यन्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरि आवश्यक आदेश जारी गर्नसक्ने उल्लेख छ । सोहि व्यवस्था अनुसार सय जनाको प्रावधान हटाउने बारे मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि कार्यन्वयनमा आउने श्रम मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उप-सचिव (कानुन) रेश राज शर्माले साझा सबाललाई बताए ।

कोरोना महामारीका कारण गत फागुन ३० गतेबाट श्रम स्वीकृति संगै अन्तराष्ट्रिय हवाई उडान रोकिएको छ । साथै श्रम गन्तव्य मुलुकमा पनि कोरोनको प्रभावले नेपाली कामदार लिने अवस्था रहेको छैन साथै म्यानपावर कम्पनीले ४ महिनादेखि कामदार विदेश पठाउन पाएका छैनन्  । तरपनि सरकारले पुन श्रम स्वीकृति दिने निर्णय गरिसकेको छ । 

बाधा अड्काउ फुकाउने पस्ताव मन्त्रिपरिषद् मा जाने भएपनि पारित हुने या नहुने निश्चित छैन तरपनि यस अघि मन्त्रिपरिषद्ले नै वार्षिक सयजनाको प्रावधान हटाऊन वैदेशिक रोजगार ऐन संसोधन गर्ने निर्णय गरिसकेकोले पारित हुने सम्भावना कायमै छ । सरकारले ऐन संसोधन गर्ने निर्णय गरेपनि हाल संसद अधिवेदन नभएकोले त्यो सम्भावना छैन ।

निवर्तमान श्रममन्त्री गोकर्ण विष्टको पालामा वैदेशिक रोजगार ऐन संसोधन गर्दै म्यानपावर कम्पनीको धरौटी रकम ३० लाखबाट बढाएर २ करोड देखि ६ करोडसम्म कायम गरिएको थियो । सो बेला धरौटी वृद्धिका कारण ३ सय ९२ कम्पनी मर्जरमा गएका थिए भने ३ सय १९ कम्पनी बन्द भएका थिए ।

आन्दोलनमा उत्रने व्यवसायीको घोषणा र फिर्ता 

म्यानपावर व्यवसायीका समस्या समाधान नभएको भन्दै सोमबार  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबारबाट (आज) चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्षको अन्तिम समयमा आइपुग्दा ५ सय ३१ म्यानपावर नवीकरण नहुने अवस्था आएकोले मंगलबारबाट (आजबाट) चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले साझा सबाललाई बताएका थिए । तर इजाजत नवीकरणका निमित्त वार्षिक १०० जना कामदार पठाउनु पर्ने जस्ता बाध्यात्मक ब्यवस्थाको सम्बन्धमा सम्बन्धित निकायबाट प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी प्राप्त भएको हुँदा निर्धारित दबाब मुलक सबै कार्यक्रम आजलाई स्थगित गरिएको संघका महासचिव श्रेष्ठले बताए ।

।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु