2026-10-17 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीको निर्णय विरुद्धमा नेकपा निकट म्यानपावर व्यवसायी, निर्णय नसच्याए कडा कदम चाल्ने

असार २५, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव पुन: बिबादमा तानिएका छन् । वैदेशिक रोजगार बोर्डमा विज्ञ सदस्यका रुपमा स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई मनोनित गर्ने निर्णय गरेपछि श्रममन्त्री यादव थप विवादमा तानिएका हुन् । 

श्रममन्त्री यादवले वैदेशिक रोजगार बोर्डमा रिक्त रहेका सदस्यमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई विज्ञका रुपमा तथा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङलाई तालिम प्रदायकका तर्फबाट नियुक्त गरेका थिए । उनले गरेको सो निर्णयको विरोधमा नेकपा निकटकै वैदेशिक रोजगार व्यवसायीहरु उत्रिएका छन् । 

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले बिहिबार विज्ञप्ती जारी गर्दै मन्त्री यादवले विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई बोर्डको सदस्यका रुपमा मनोनित गरेको भन्दै भत्र्सना गरेको छ । मञ्चका संयोजक राम प्रसाद भान्तना तथा सह–संयोजक राजेन्द्र भण्डारीले विज्ञप्ती जारी गर्दै भनेका छन् “विशेषगरी मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरी चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारको मनोनयन प्रति मञ्च घोर भत्र्सना गर्दछ ।” विज्ञप्तीमा सो निर्णय तत्काल सच्याउन श्रममन्त्री यादवलाई आग्रह गर्दै अन्यथा मञ्चले सो निर्णयको प्रतिरोधका लागि कडा कदम चाल्ने बताएको छ ।

खड्का मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा बायोमिट्रिक परीक्षणको नाममा सिण्डिकेट खडा गरेर श्रमिकलाई आर्थिक भार पारेको आरोप लागेका व्यक्ति हुन् । उनलाई प्रहरीले केहि समय ‘फरार सूचि’मा राखेको थियो । पछि अदालतबाट उनले सफाई पाए । अदालतबाट सफाई पाएपनि विवादास्पद व्यक्ति भन्दै उनलाई बोर्ड सदस्यमा मनोनित गर्न नहुने नेकपा निकटका व्यवसायीहरुको भनाई छ । व्यवसायी गुरुङले आफू सो जिम्मेवारीमा बस्न असमर्थ रहेको भन्दै मंगलबार  नै श्रममन्त्री यादवलाई लिखित जानकारी दिईसकेका  छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु