2026-10-17 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले बुझायो सरकारलाई चारबुँदे ज्ञापनपत्र

असार २५, काठमाडौँ | प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च, नेपालले आज उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटी बिभिन्न चार बुंदे ज्ञापनपत्र बुझाएको छ । साथै मंचले व्यवसायीक सामाजिक उत्तरदायित्व  (सिएसआर) अन्तर्गत व्यवसायीहरुबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि सङ्कलित ३५ लाख भन्दा बढी रकम समेत हस्तान्तरण गरेको छ । 

उक्त आर्थिक सहयोग व्यवसायीहरु प्रेम कटुवाल, नरेश गेलाल लगायत समितिका सदस्य तथा वैदेशिक रोजगारका काम गर्नेहरुबाट संकलित भएको जानकारी दिईएको छ । उक्त आर्थिक सहयोग हस्तान्तरण गर्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले सहयोगीदाताहरुलाई धन्यवाद दिएको छ । 

साथै वैदेशिक रोजगार क्षेत्रमा कोभिड-१९  का कारण देखिएका समस्या समाधानार्थ ध्यानाकर्षण गराउदै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले सरकारलाई बिभिन्न चार बुंदे ज्ञापनपत्र समेत पेश गरेको छ ।

मंचले बुझाएको ज्ञापनपत्रमा वैदेशिक रोजगार व्यवसायमा ८५३ इजाजतपत्र प्राप्त संस्था क्रियशिल रहेको र यस क्षेत्रमा १२ हजारभन्दा बढी कर्मचारी आश्रित रहेको भन्दै यस व्यवसायले होटल, रेष्टुरेन्ट, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तथा सीपमुलक तालिम प्रदायक संस्था र विमा कम्पनीहरु चलायमान गराएको तर हाल कोरोना महामारीको कारण आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको सरकारलाई ध्यानाकर्षण गराएको छ । 

मंचले वार्षिक १०० जना कामदार अनिवार्य पठाउन पर्ने सम्बन्धमा, राहत स्वरूप निश्चित समयको लागि व्यवसायिक कर्जा दिने सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै मंचले बुझाएको ज्ञापनपत्रमा व्यवसायीहरुले सम्बन्धित अन्य व्यवसाय संचालन गर्न नपाउने सरकारी बन्देजका कारण नागरिकले स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने मौलिक हक प्रतिबन्धित भएकोले संसोधनको पहल गरिदिन र वैदेशिक रोजगारमा जाने युवाहरुसँग लिइने सेवा शुल्क वापतको रु. १०,०००/- अति न्यून भएको भन्दै श्रमिकको १ महिनाको तलव बराबरको सेवा शुल्क लिन पाउने व्यवस्थाको पहल गरिदिन समेत भनेको छ ।

यस्तो छ ज्ञापनपत्र:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु