2026-10-17 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनी भन्यो- ‘चार्टर फ्लाइटको अनुमति दिए दुई हप्तामै नेपाल पठाउछौं’

योगेन्द्र योगी | असार २८, दोहा | कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था बारे यूएईस्थित नेपाली दूतावासले पटक पटक इमेल गर्दा पनि कुनै जानकारी नदिएको ट्रान्सगार्ड ग्रुप कम्पनी प्रशासनले जनाएको छ । 

शनिबार साझ कम्पनी प्रशासन बीच भएको छलफलमा कम्पनीको माथिल्लो निकाय आएको समयमा हामीले हामीलाई मात्र किन रोकेको, अन्य मुलुकको नागरिकहरु प्राय जसो सबै आफ्नो मुलुक फर्किसके अब हामी घर अहिले जान पाउछौ भनेर कम्पनी प्रशासनसंग गुनासो रहेको नाम नबताउने सर्थमा एक नेपाली जानकारी दिए । 

हामीहरुलाई किन रोकेको नेपालको चाटर उडान भैरहेको छ भनेर प्रस्न गर्दा हामीले नेपालको दूतावाससंग दैनिक सम्पर्क गरिहरेकोछौ, हरेक दिन जसो इमेल पनि गरिरहेका छौ इमेल हेरेर कुनै जवाफ दिदैन अब हामीले के गर्ने कम्पनी प्रशासनको भनाइ उदृत गर्दै उनीहरुले भने । 

अर्को कुरा हामीले पनि जति सक्दो छिटो पठाउने कोसिस गरिरहेको छौ नेपाल र नेपाली दूतावासबाट कुनै पनि जानकारी र स्वीकृती नआएकोले हामी पनि समस्यामा परेकाछौ कम्पनी प्रशासन भन्यो  । 

बिना कुनै जानकारी र बिना कुनै अनुमती पठाउने कुरै भएन नेपाली दूतावासबाट नै नेपालीहरु घर जान समस्या भएको हो । हामीले यति ठूलो सङ्ख्यामा काम बिहिन मानिसलाई खान बस्न दिएका छौ नेपाली दूतावास र नेपाल सरकारले कुनै वास्ता नगरेको कम्पनीको भनाइ रहेको छ । 

यदि फ्लाइट चार्टर गरेर पठाउने कुरामा नेपाली दूतावासले अनुमति दिएको खण्डमा दुई हप्ता भित्र एनियोल लिभ, रिजाइन, टर्मिनेट र अन्य घर जान चाहने सबै नेपालीलाई नेपाल पठाउन कम्पनी तयार रहेको उनीहरुको भनाइ छ । 

 

हामीले प्रतेक क्याम्पबाट रोजगारी गुमाएका, रिजाइन दिएर बसेका तथा टर्मिनेट गरिएका नेपालीहरुको नामावली दूतावासमा बुझाएको र बिगत तीन महिनादेखि दूतावाससंग सम्पर्क गरि रोजगारी गुमाएका नेपालीहरुको बारे जानकारी गराए पनि नेपाली दूतावासले सुने पनि कानमा तेल हालेर बसीरहेको कम्पनीले जनाएको छ । 

‘तपाईहरुलाई पठाउने कुरामा हामी कत्तिपनि चुकेका छैनौ दूतावासबाट अनुमति आउन साथ तुरुन्त पठाउछौ । हामीले नेपाल चार्टर पठाउन नमिल्ने हो भने पनि हामीलाई दैनिक रुपमा केही सिमित सिटहरु  ४० देखि ५० जति सिटहरु उपलब्ध गाराइयोस सम्म भनेकाछौ कम्पनीको माथिलो निकायको एक अधिकारीले’ भने । 

उनका अनुसार केहि समय अगाडी मात्र २० देखि २२  सिट उपलब्ध गराएकोमा धेरै पहिला देखि  रिजान दिएर बसेका नेपाली नागरिक पठाएको छौ ।  हामी पनि सकेसम्म छिटै नेपाली नागरिकलाई स्वदेश पठाउन चाहन्छौ र पठाउछौ पनि तपाईहरु धैर्य गरेर बस्नुहोस् हामी नेपाल सरकार र नेपाली दूतावासको अनुमतिमा अड्किएको छौ । 

यता नेपाली दूतावाससंग यस बारे बुझ्न खोज्दा सम्पर्क हुन् सकेन । ट्रान्सगार्ड ग्रुप कम्पनी यूएईको सबै भन्दा ठूलो कम्पनी हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु