2026-09-25 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नयाँ श्रम स्वीकृति खोल्नुपुर्व म्यानपावर व्यवसायीका माग सम्बोधन गर’ : प्रगतिशील मंच

साउन २, काठमाडौं । वैदेशिक रोजगारीका लागि स्थगित भएको नयाँ श्रम स्वीकृति खोल्नुपुर्व म्यानपावर व्यवसायीका जायज माग सम्बोधन गर्न व्यवसायीले माग गरेका छन् । प्रगतिशील वैदेशिक रोजगार मंच नेपालले पत्रकार सम्मेलन गर्दै व्यवसायीले पटक पटक सरकारसंग आफ्ना माग राखेको तर सुनुवाई नभएको भन्दै व्यवसायीका माग सम्बोधन गरेर मात्र श्रम स्वीकृति खोल्नुपर्ने माग गरेको छ । 

सरकारले कोरोना महामारीको जोखिमलाई ध्यान दिंदै गत फागुन २९ गतेबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो तर असार १८ गतेबाट पुन श्रम स्वीकृति खुला गरिएपनि नयाँ श्रम स्वीकृति खुला गरिएको छैन ।

व्यवसायीले हाल लिइरहेको दश हजार सेवा शुल्क अत्यन्त न्यून भएको कारणले व्यवसाय गर्न कठिन भएको साथै अन्तराष्ट्रिय प्रचलन तथा श्रम बजारमा लागि नेपालका प्रतिश्प्रधि अन्य मुलुकहरुको जस्तै श्रमिकले प्राप्त गर्ने १ महिनाको तलव बराबरको सेवा शुल्क पाउनुपर्ने माग सरकारले सम्बोधन गर्नुपर्ने मंचका संयोजक रामप्रसाद भान्तनाले माग गरे ।

इजाजत नबिकरणका निमित्त बार्षिक १०० जना कामदार पुर्याउनु पर्ने सम्वन्धमा आ.ब. २०७६/७७ सम्मकै लागि छूट प्रदान भएको र “आ.ब. २०७८/७९ का लागी नबिकरण गर्दा इजाजतपत्रवाला संस्थाले आ.ब. २०७६/७७ देखि सम्वत् २०७८ साल असार मसान्त भित्रमा कुल २ सय जना कामदार पठाएको हुनु पर्ने” प्रस्ताब असार २९ गते बसेको मन्त्रीपरिषद बैठकले  निर्णय गरेको थियो । व्यवसायीले ३ वर्षका लागि इजाजत पत्र नवीकरण गरिदिन माग गरेपनि मन्त्रिपरिषद्को उक्त निर्णयले एक वर्षका लागि मात्र समाधान दिएकोले सरकारसंग सन्तुष्ट हुन नसकेको संयोजक भान्तानाले बताए । वैदेशिक रोजगार ऐन २०६४लाई समय सापेक्ष परिमार्जन गर्दै ऐनमा व्यवस्था भएको  वार्षिक १ सय जना कामदार नपठाएका कारण इजाजतपत्र नवीकरण नहुने अवस्थाको अन्त्यका लागि दीर्घकालीन समाधान ऐन संसोधन भएकोले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने भान्तनाले बताए ।

यसअघि मन्च नेपालले व्यवसायीक सामाजिक उत्तरदायित्व  (सिएसआर) अन्तर्गत व्यवसायीहरुबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि सङ्कलित ३५ लाख भन्दा बढी रकम समेत हस्तान्तरण गरेको थियो । 

प्रगतिशील मंचद्वारा जारी प्रेश नोट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान