2026-10-17 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण

साउन ४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरिनेछ । अहिले २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेभएको छ ।

यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गर्ने भएको छ । उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ । बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । 

उहाँले अहिले सङ्क्रमितको सङ्ख्यासँगै प्रतिशत पनि घटिरहे पनि जोखिम भने कायमै रहेको बताउनुभयो । “केही दिनदेखि परीक्षण गर्दा सङ्क्रमित धेरै देखिएका छैनन् । सङ्क्रमित सङ्ख्यासँग प्रतिशत पनि निकै कम हुँदै गएको छ तर पनि जोखिम भने रहेको छैन भन्न मिल्दैन”,  उहाँले भन्नुभयो, “छिमेकी देशमा सङ्क्रमित बढ्दै जानु, धेरै जनघनत्व भएको ठाउँमा भीडभाड बढ्दै जानु, जनस्वास्थ्यको न्यूनतम मापदण्ड उल्लङ्घन भइरहेकाले हामी अझ उच्च जोखिममा छौँ ।” नेपालमा अहिलेसम्म  १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ भने ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु