2026-10-17 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको एउटै कम्पनीले सयभन्दा बढि कामदार नेपाल फर्काउँदै, अब पीडितलाई कसले दिन्छ क्षतिपुर्ति ?

मनोज पराजुली । साउन ७, काठमाडौं । कतारको एक कम्पनीले एक सय भन्दा बढी नेपाली कामदारहरुलाई स्वदेश फिर्ता गर्न लागेको छ । कतारमा रहेको उइ युनाइटेड ट्रेडिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले एकैपटक १ सय भन्दा धेरै कामदारलाई नेपाल फिर्ता गर्न लागेको कतारबाट नेपालीहरुले साझा सवाललाई जानकारी दिएका छन् ।  

नेपालको स्काई स्टार रेक्रुटमेन्ट प्रा .लि ले पठाएका १ सय १६ जना मध्ये सय भन्दा बढी कामदार नेपाल फिर्ता हुन लागेका हुन् । कोरोना महामारीका कारण काम बन्द भएको भन्दै कम्पनीले कामदारलाई ३/४  महिनाको बिदामा घर पठाउन लागेको जानकारी पाएको म्यानपावर संचालक मोहमद राजाले बताए । तर पीडितहरुले ६ महिनासम्मको बिदामा कम्पनीले स्वदेश पठाउन लागेको बताएका छन् । साझा सवालले कतारको उक्त कम्पनीमा टेलिफोन सम्पर्क गरि थप जानकारी माग गर्दा आज स्मब्धित व्यक्ति नभएको भन्दै भोलि सम्पर्क गर्न भनिएको छ ।  

कम्पनी र म्यानपावरले अहिलेलाई बिदामा नेपाल पठाएको भनेपनि कामदारहरुले म्यानपावरले आफु बच्ने बाटो गरेको आरोप लगाएका छन् । उनीहरुले कतार जाँदा म्यानपावरले १ लाख ३५ हजार देखि १ लाख ६० हजारसम्म लिएको तर १० हजारको मात्र रसिद दिएको बताएका छन् । उक्त कम्पनीमा पुगेका प्राय सबै झापा जिल्लाका रहेकोले त्यहाँका स्थानीय व्यक्ति (एजेन्ट : हाल यो व्यवस्था खारेज भइसकेको छ ) मार्फत म्यानपावरले रकम लिन लगाएको पीडितहरुले बताएका छन् । 

हाल समस्यामा परेकाहरु सबै ६ महिना अघि उक्त कम्पनीमा प्रेट्रोल फिलर कामको लागि कतार पुगेका थिए । हामी कतार पुगेको डेढ महिना देखि २ महिनासम्म काम गरेका थियौं त्यस अवधिको पनि पुरा तलब पाएका छैनौं कतारबाट एक पीडितले साझा सबालसंग भने ‘२ महिनापछि लकडाउन शुरु भयो, कम्पनीले काम दिएन, अहिले कम्पनीले धमाधम सबैलाई एक महिनाको न्युनतम तलब र एकतर्फी टिकट उपलब्ध गराउने भनेर जवर्जस्ती हस्ताक्षर गर्न लगाएको छ, हस्ताक्षर गरिएन भने नेपाल फिर्ता पठाउँदैन, हस्ताक्षर गरौँ भने नेपालमा क्षतिपुर्ति दावी गर्न नपाइने हो कि भन्ने चिन्तामा परेका छौं ।’ 

कम्पनीले अहिले घर पठाएर फेरी कतारमा काम गर्न बोलाएन भने के गर्ने ? कतार आउँदा म्यानपावरले लिएको हाम्रो पैसा त डुब्यो नि कतारबाट अर्का पीडितले भने ‘जाँदा म्यानपावरले एजेन्ट मार्फत लिएको १ लाख ४५ हजारको ब्याज सहित २ लाख पुगिसक्यो, अब त्यो रकम कसरी तिर्ने ? कतार पुगेको ६ महिना मात्र भयो,  २ महिनाको तलब मात्र दिएको छ त्यस पछि न काम दियो न दाम ।’ 

दुतावासको जानकारीमा छैन : राजदुत, भारद्वाज 

कतारका लागि नेपालका राजदूत डा: नारदनाथ भारद्वाजले उइ युनाइटेड ट्रेडिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमा समस्यामा परेका नेपालीबारे दुतावासमा जानकारी प्राप्त भईनसकेको बताएका छन् । उक्त कम्पनीमा समस्यामा परेकोबारे हामीले लिखित जानकारी पाएका छैनौ तरपनि के रहेछ श्रम सहचारीसंग म बुझ्नेछु राजदुत भारद्वाजले कतारबाट साझा सबालसंग टेलिफोनमा भने ‘कामदार तथा कम्पनीले लिखित जानकारी दिएका छैनन्, यदि गुनासो औपचारिक रुपले आएमा हामी कम्पनीसंग कुराकारी गरेर बुझ्छौं, कामदारले पाउने तलब चुक्त्ता गराउन पहल गर्छौं ।’

कतारमा कामदारका समस्यालाई दुतावासले शुरुमा हेर्न नमिल्ने भएकोले शुरुमा कतारको लेवर डिपार्टमेन्टमा गएर उजुरी दिएपछि त्यसबारे दुतावासमा जानकारी दिन उनले कामदारहरुलाई आग्रह गरे ।

अहिलेको अवस्थामा बिदामा स्वदेश जानु भनेको अन्तिम करार अवधि सकिएर जानु सरह हो राजदुत भारद्वाजले भने ‘अहिलेको अवस्थामा ६ महिना सम्म कतार आउन सक्ने अवस्था छैन, ६ महिनामा कामदारको भिषाको म्याद नै सकिन्छ ।’ बिदामा भनेर नेपाल पठाउन लागेको छ भने त्यो कामदारहरुले पाउनुपर्ने सबै बाँकी चुक्ता गर्नुपर्दैन, पुन: काममा आएपछि मिलाउने भनेर पठाउन सक्छन् तर कामदार फर्कन नपाए उनीहरुले पाउनुपर्ने बाँकी सुबिधा गुम्न सक्छ ’ राजदुत भारद्वाजले भने । 

कामदारले दुतावासमा गुनासो गरेपछि कम्पनीसंग सम्पर्क गर्ने र कानूनी रुपले कामदारले कम्पनीबाट पाउनुपर्ने रकम बाँकी उपलब्ध गराउन पहल गर्ने उनले बताए । 

विभागमा उजुरी दिए छानवीन गर्छौं : महानिर्देशक, दाहाल 

विदेशमा समस्यामा परेर स्वदेश फर्किएका कामदारको विषयमा वैदेशिक रोजगार विभागमा निवेदन दिएमा छानवीन गरि पीडितलाई मिल्नेसम्म क्षतिपुर्ति उपलब्ध गराइने विभागका महानिर्देशक कुमार दाहालले बताए । कोहि समस्यामा परेर नेपाल फर्किएका छन् भने उनीहरुले विभागमा उजुरी दिनुपर्यो महानिर्देशक दाहालले भने ‘उनीहरुको उजुरीको विषयमा कामदार, म्यानपावर संचालक र सम्बन्धित देशका कम्पनी तिनै पक्षबाट आवश्यक जानकारी लिएर वास्तविकता बुझ्छौं, त्यसपछि पीडित पक्षलाई कानुनमा भएको व्यवस्था अनुसार नै मिल्नेसम्म क्षतिपुर्ति उपलब्ध गराउने काम गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु