2026-10-17 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदामा नेपाल आएकाहरु अब ओमान जान पाउने, परराष्ट्रको अनुमति चाहिने

साउन ९, काठमाडौं । ओमानबाट बिदामा नेपाल आएर र फर्कन नपाएकाहरु अब जान पाउने भएका छन् ।

ओमान सरकारको उच्चस्तरीय कमिटीले ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएका र बिदामा नेपाल आएर कोरोनाको कारण फर्कन नपाएकाहरु अब फर्कन सक्ने निर्णय गरेको हो । फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

त्यस्तै कोरोनाको कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरु पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैले अहिले नेपालमा भएका र ओमान फर्कन चाहनेले आफ्नो कम्पनीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यस्तै, कोरोना सङ्क्रमण बढ्दै गएपछि ओमानले फेरि लकडाउन गर्ने भएको छ । भोलि शनिबार जुलाई २५ देखि अगष्ट ८ शनिबारसम्म प्रमुख प्रशासकीय क्षेत्रमा पूर्ण रुपमा लकडाउन हुने ओमान सरकारको उच्चस्तरीय कमिटीले निर्णय गरेको हो ।

लकडाउन अवधि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि तोकिएको छ । यो समयमा सम्पूर्ण प्रकारका आवतजावत तथा सार्वजनिक स्थलहरु बन्द रहने छन् ।

व्यवसायहरू पनि बन्द हुनेछन् भने दिउँसोको समयमा पनि अनुगमन तथा चेक केन्द्रहरु सक्रिय हुनेछन् । ओमानमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन र ओमान सरकारले जारी गरेको नियम पालन गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु