2026-10-17 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयले भन्यो ‘जापान पठाइदिने प्रलोभनमा कसैलाई पैसा नबुझाउनु’

साउन ९, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानको रोजगारीमा पठाइदिने सुनिश्चित भन्दै कतिपय भाषा प्रशिक्षण, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण केन्द्रहरुले भ्रमपूर्ण प्रचार गरी रकम समेत असुलेको जानकारी प्राप्त भएको भन्दै त्यसमा सजग रहन आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत जापान जाने कामदार छनौट हुने व्यवस्था रहेको र कामदार छनौट प्रकृयामा नीजि क्षेत्रका संस्थाहरुको भूमिका नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ती जारी गर्दै नेपाल र जापान सरकारबीच भएको एमओसी अनुरुप हाल केयर गिभरका लागि केहि माग प्राप्त भएको र त्यसका लागि मन्त्रालयले सम्वन्धित सरोकारवालाहरु समेतलाई सहभागि गराउँदै छनौटको लागि आधारहरु तय गर्ने काम अगाडी बढाएका बताएका छन् । सो आधार तयार भएपछि जापानबाट माग भएबमोजिम कामदारहरु जापान जाने क्रम अगाडी बढ्ने विज्ञप्तीमा जनाइएको छ ।

नेपाल र जापानबीच यसअगाडी नेपाली श्रमिक लिने विषयमा सम्झौता भएको छ । सो अनुसार जापानले जापानी भाषा परीक्षा उत्तीर्ण गरेका तथा सम्वन्धित काम गर्न सक्नेगरी सीप परीक्षण गरेर मात्र विदेशी श्रमिक लिने नीति बनाएको छ । यसका लागि जापान सरकारले जापान फाउण्डेसनलाई छनौटको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु