2026-10-17 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईले लागू गर्यो नयाँ नियम, के के छन् पढ्नुहोस्

साउन १०, काठमाडौँ । युएई सरकारले आफ्ना देशमा आउने अन्य देशका नागरिक हरुका लागि केहि नयाँ नियम लागू गरेको छ । यो अवस्थामा यदि तपाई युएई जाँदै हुनुहुन्छ भनें कोभिड १९ का कारण केहि नयाँ नियमहरु लागु भएका छन् जसका बारेमा थाहा पाउनु आवश्यक छ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खोल्ने निर्णय गरिसकेको छ । युएईले विहिवार गरेको घोषणा अनुसार यूएई आउने यात्रुले कोभिड-१९ को परिक्षण ‘पिसीआर’ गरी आउनु पर्ने भएको छ । भोलि २४ तारिकबाट लागु हुने गरी यूएई आउने यात्रुले यात्रा गर्नु अघि सम्बन्धित देशको एअरपोर्टमा एअरलाईन्सको ‘चेक इन’ डेस्कमा अनिबार्य ‘पिसीआर टेस्ट’ नेगेटिभ भएको रिपोर्ट पेश गर्नु पर्ने खालिज टाईम्सले लेखेको छ । 

यूएई सरकारले जारी गरेको नयाँ नियम अनुसार एअरलाईन्सले यात्रुको बोर्डिङ पास दिनु अघि पिसीआर टेस्ट भए नभएको जाँच गर्नेछन् । उक्त रिपोर्टको मान्यता यूएई आईपुग्दा ९६ घण्टा नकटेको हुनु पर्नेछ । रिपोर्ट नेगेटिभ भएको प्रमाणित भए मात्र यात्रा अनुमति पाइनेछ । साथै ती यात्रुहरुले यूएई सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी फारम ‘हेल्थ डिक्लारेसन फर्म’ समेत भर्नु पर्नेछ । युएई प्रवेश गर्ने वा ट्राञ्जिट भएकाहरुका लागि समेत पिसिआर अनिवार्य गरिएको छ । कोभिड फैलिन नदिन यस्तो व्यवस्था गरिएको युएईका सरकारी अधिकारीलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

यसैबीच युएईले सो मुलुक भ्रमण गर्ने हरेक पर्यटकले कोभिड १९ सँग सम्वन्धित स्वास्थ्य समस्या आइपरेमा सोको खर्च व्यहोर्ने उल्लेख सहितको यात्रा स्वास्थ्य बीमा अनिवार्य गरेको छ । तसर्थ सो प्रकारको बीमा नगरी पर्यटकका रुपमा युएई नआउन त्यहाँको सरकारी निकायले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु