2026-10-17 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामा पाँच हजारले लिए पुनः श्रम स्वीकृति, कुन देशका लागि कति ?

साउन १६, काठमाडौँ । सरकारले घर विदामा आएका कामदारलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन शुरु गरेको करिब एक महिनाको अवधिमा झण्डै ५ हजार कामदारले पुनः श्रम स्वीकृति लिएका छन् । करिब एक महिनाको अवधिमा ४ हजार ७ सय ३८ जना युवायुवतीलाई वैदेशिक रोजगारीमा जाने पुनः श्रम स्वीकृति दिइएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

गत फागुन ३० गतेदेखि कोभिड–१९ महामारीका कारण बन्द रहेको वैदेशिक रोजगारी असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालयले असार १८ गतेदेखि विदामा स्वदेश आई करार अवधि बाँकी भएका कामदारहरुलाई  रोजगारीमा जान पुनः श्रम स्वीकृति दिन शुरु गरेको हो ।

असार महिनाको १३ दिनमा २ सय ५१ महिलासहित २ हजार ६ सय ६७ जना कामदारले पुनः श्रम स्वीकृति लिएका छन् भने साउन महिनाको १५ दिनमा ९२ जना महिलासहित २ हजार ७१ जना कामदारले श्रम स्वीकृति लिएका छन् । पुन: श्रम स्वीकृति खुला गरिएपनि नयाँ श्रम स्वीकृति खुला गरिएको छैन । 

पुनः श्रम स्वकिृति लिएर जाने मुलुकहरुमा यसअघि संस्थागत श्रम स्वीकृति लिएर जाने मुलुकहरुमध्ये कै युएई, कतार, मलेसिया, कुवेत, साउदी अरेबिया, बहराइन, जापान, माल्टालगायतका देश रहेका छन् ।

साउन महिनामा यूएईका लागि ७० महिलासहित ८ सय ६९ जना, कतारका लागि ४ महिलासहित ५ सय ९३ जना, अफगानिस्तानका लागि ६ जना, मलेसियाका लागि एक जना महिलासहति २ सय ६७ जना, जापानका लागि ३७ जना, बहराइनका लागि ३६ जना, ब्रुनाईका लागि ३ जना, मकाउका लागि ११ जना, माल्दिभ्सका लागि ९ जना, माल्टाका लागि ७ जना, ओमानका लागि ४१ जना, पोल्याण्डका लागि १६ जना र सिलेल्सका लागि २ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यसबीचमा रुस, नाइजेरिया, जोर्डन, इजिप्ट, डीजीबौटी, बर्मुडा, क्याम्बोडिया, चीन, क्रोएसिया, चेक गणतन्त्रका लागि एक÷एक जनाले श्रम स्वीकृति लिएका छन् । उनीहरुले आफ्नै खर्चले कोभिड परीक्षण गराई श्रम स्वीकृतिका लागि आवेदन गर्दा कोभिड–१९ नेगेटिभ रहेको प्रमाणपत्र पेश गर्नुपर्ने गरिएको छ । 

सरकारले साउन ३२ गतेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । श्रम स्वीकृति पाउने कामदार विदेशमा अलपत्र परेका नेपाली लिन जाने वा उनीहरुलाई छोड्न नेपाल आउने चार्टर जहाजमा अनपेक्षित महँगो भाडा तिरेर जाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु