2026-10-17 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपाली भएको पुष्टि, को हुन् उनी ?

साउन १९, काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पुष्टि गरेको छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडक र पीडित दवै नेपाली भएको पुष्टि गरेको हो ।

पीडित नवलपरासीका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तुकै रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ। केहि दिनअघि भाइराल भएको एक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपीट गरेको देखिएको छ । सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ । रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेको दृश्य भिडियोमा थियो।

उक्त भिडियो सार्वजनिक भएसँगै मलेसियास्थित नेपाली राजदूतावासले पनि सुरक्षा गार्ड नेपाली हुनसक्ने अनुमानमा स्थानीय प्रहरीलाई त्यस घटनाको सत्यतथ्य जाँचबुझ गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन अनुरोध गरेको थियो। साथै कुटपीट गर्ने व्यक्तिलाई कडा कारवाही गर्नुपर्ने माग सुरु भएको थियो । मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेका थिए ।

मलेसियाको अध्यागमन कानुन अनुसार दुवैजना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जनाएको छ। उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको दूतावासले जनाएको छ। कुट्ने व्यक्ति पीडीत सुरक्षा गार्डका सुपरभाइजर रहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘दुबै जनाले भिडियोमा देखिने व्यक्ति आफूहरु रहेको समेत स्वीकारी सकेका छन। पीडक राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले प्रहरी समक्ष उपस्थित भएका छन। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दुतावासद्वारा जारी प्रेस विज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु