2026-10-17 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य’

अशोक धिमिरे, साउन २१, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ । 

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उहाँ कटौतीमा पर्नुभएको हो । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी गरे पनि नेपाल आउने हवाई उडान बन्द हुँदा लामो समयदेखि उहाँ युएईमै रोकिनुभएको छ । कम्पनीबाट कटौतीमा परेपछि सुवेदीले अहिले आफ्नै खर्चमा बसिरहनुभएको छ । 

उहाँले कम्पनीबाट कुनै पनि अर्थिक सहयोग पाउनुभएको छैन । आप्रवासी कामदारले पाउनुपर्ने सामाजिक सुरक्षा, बीमा, उपदान, सञ्चयकोषलगायत कुनै पनि सुविधा आफूले नपाएको उहाँले बताउनुभयो । भइरहेको कामबाट पनि कटौतीमा पर्नु तथा आफ्नै खर्चमा चार महिना युएईमै बस्नुपर्दा आर्थिक सङ्कटका साथै मानसिक तनावबाट गुज्रनुपरेको सुवेदीको भनाइ छ ।

झण्डै एक वर्षदेखि कतारमा सुरक्षा गार्डका रुपमा कार्यरत सुनसरीका दीपेन्द्र ढकालको व्यथा पनि उस्तै छ । कम्पनी बन्द भएपछि उहाँ पनि कतारमा अलपत्र पर्नुभएको छ । न नेपाल आउने टुङ्गो लागेको छ, नत कम्पनीले खानेबस्ने व्यवस्था मिलाएको छ । आफ्नै तथा कहिलेकाहीँ त साथीभाइसँग मागेर खर्च धान्दै आएको पीडा उहाँसँग छ । काम गर्दागर्दैको कम्पनी बन्द भएपछि आफूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएको उहाँको गुनासो छ । उल्टो नेपाल फर्कने हवाई टिकटबापतको खर्चसमेत आफँैले व्यहोर्नुपर्ने अवस्था आएको ढकालको भनाइ छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि सुवेदी र ढकालजस्तै लाखौँ आप्रवासी श्रमिकले गन्तव्य मुलुकमा ठूलो सास्ती खेप्दै आएका छन् । कतिले रोजगारी गुमाएका छन् त कति कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । कोही बिना सुविधा दैनिक ज्यालादारीमा काम गर्न विवश छन् । केहीलाई बेतलबी बिदा थमाइएको छ ।

कतिपयलाई त गैरकानूनी र अनैतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुले पाउनुपर्ने पारिश्रमिकसमेत भुक्तानी नगरी देश निकाला गरेकोसमेत भेटिएको छ । हजारौँ आप्रवासी श्रमिक पाकेको तलब, भत्ता तथा अन्य सुविधा छाडेर स्वदेश फर्कन बाध्य भएको आप्रवासी श्रमिकका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले जनाएका छन् ।

केही महिनाअघि एम्नेष्टी इन्टरनेशनले कतारको फिफा विश्वकप रङ्गशालाका लागि निर्माण परियोजनामा कार्यरत आप्रवासी श्रमिकले सात महिनासम्म बिना पारिश्रमिक श्रम गरेको खुलासा गरेको थियो । अल बयात रङ्गशालाको बाहिरी आवरण निर्माणका लागि काम गरिरहेको कतार मेटा कोट्स (क्यूएमसी) ले त्यहाँ कार्यरत करिब १०० श्रमिकलाई पारिश्रमिकसमेत नदिई स्वदेश फर्काएको थियो । 

कोभिड–१९ का कारण खासगरी खाडी र मलेसियामा रहेका आप्रवासी कामदारले निकै सास्ती व्यहोर्नुपरेको प्रवासी श्रमिकका अधिकारको पैरवी गर्दै आएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का उच्चाधिकारीको भनाइ छ । आइएलओ, दक्षिण एशिया कार्यालयका आप्रवासन विशेषज्ञ सवरीनाथ नायरले बहुसङ्ख्यक आप्रवासी श्रमिक आफूले पाउनुपर्ने तलब र काम गरेबापत प्राप्त हुने उपदानबिना नै स्वदेश फर्कन बाध्य भएको बताउनुभयो । कोरोना भाइरसका कारण बेतलवी बिदामा राखिएका कारण उनीहरु स्वदेश फर्किंदा सो सुविधा प्राप्त गर्नबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले अधिकारकर्मी संस्थाले आप्रवासी श्रमिकको सङ्क्रमणकालीन न्यायका लागि पहल शुरु गरेको बताउनुभयो । 

श्रम, रोजगार पत्रकार समूहसँगको भर्चुअल छलफलमा आइएलओ मध्यपूर्व क्षेत्रीय कार्यालय, बेरुतका वरिष्ठ आप्रवासन विज्ञ रिसार्ड चोलेविन्स्कीले सो क्षेत्रमा रोजगारदाताले रोजगारीमा रहेका श्रमिकको पारिश्रमिक कटौती गर्न खोजेमा त्यसमा श्रमिकले आवाज उठाउन सक्ने अवस्था न्यून रहेको बताउनुभयो । खाडीमुलुकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नभएका कारण कोभिड–१९ को महामारीपश्चात् श्रमिक रोजगारदाताले उपलब्ध गराएको अवसर ग्रहण गर्न वा स्वदेश फर्किन बाध्य छन् । 

आइएलओ मलेसियाका ‘सेफ एण्ड फेयर’ परियोजनाकी राष्ट्रिय परियोजना संयोजक येन नि फूले मलेसियामा पनि मर्यादित कामको अवस्था कमजोर रहेको, कतिपय अवस्थामा करार भङ्ग गर्ने, काम गरेको तलब, सुविधा उपलब्ध नगराउने तथा कार्यथलो उचित नहुने जस्ता समस्यासँग आप्रवासी कामदार जुध्दै आएको स्वीकार गर्नुभयो । 

आइएलओ नेपालका राष्ट्रिय निर्देशक रिचर्ड हावर्डले कोभिडका कारण समस्यामा परेका श्रमिकलाई रोजगारीमा जोड्दै उनीहरुको जीविका चलाउनका लागि मद्दत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले स्थानीय सरकारले वैदेशिक रोजगारबाट फर्केकालाई समेत रोजगारी उपलब्ध गराउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु