५ बर्ष अगाडि खाडीमा झाडु लगाउने युवा अहिले २४ जनालाई रोजगारी दिन्छन्

Posted on: 09 Aug, 2020

साउन-२५, महोत्तरी | "समस्या जस्को पनि हुन्छ तर समस्याबाट भाग्नु असक्षमता हो, गरिबी जोसुकैमा हुन्छ तर सपनाबाट भाग्नु मुर्खता हो, बाध्यता जोसुकैमा हुन्छ तर साबधानको बाटो खोज्न नसक्नु कायरता हो । जिन्दगी एउटा यात्रा हो, यात्राको क्रममा मुठभेड भएका अन्नगिन्ती समस्या नै समस्याका सृखलाहरुलाई जस्ले स्वभाबिक मान्न सक्छ त्यस्को नै सफलता सुनिश्यत छ ।"

जिवनलाई सधै संघर्षको पर्यायबाचीको रुपमा बुझेका यस्तै  प्रेरणादायी प्रतिनिधि पात्र हुन नेपालका एक सफल ब्यबसायी संतोष तामाङ्ग ।

उन्को यात्रा पनि माथी उल्लेख गरेजस्तै अन्नगिन्ती उकाली-ओराली उत्तारचढाबकै भिडभाडबाट गुज्रीरहयो ।

पढ्ने उमेरमा पढ्न नपाउनु, खेल्ने उमेरमा खेल्न नपाउनु आदि मध्यम बर्गहरुले भोग्ने समस्या नै हुन । सन्तोष पनि यस्ता समस्याहरुबाट अछुतो बन्न सकेनन । यसैको परिणामस्वरूप उन्ले ५ कक्षामा पढ्दा पढ्दै पढाइलाइ बिट मार्नु पर्‍यो ।

अभाब र दबाबका बिचमा सन्तोषको यात्रा सानो उमेरदेखी नै सुरु भयो ।

आर्थिक स्थिति सबल बनाउन मलेसियाबाट सुरु भएको उन्को यात्रा  रसियामा पुगेपछी आमसिक नतिजा प्राप्त भयो ।

सन २०१० सालमा मलेसियामा झाडु लगाउदै गर्दा सन्तोषले भोगेका अन्नगिन्ती पिडाहरु अझै उन्लाइ झलझल्ती आइरहन्छ तर पीडा भन्दा पनि उन्ले त्याहा सिकेको अनुभव र ज्ञानहरु अहिले स्वदेशमा धेरथोर ब्यबहारमा लागु भएको देख्दा बडो सन्तुष्टि मिल्ने गरेको उन्को अनुभव छ ।

महोत्तरी जिल्लाको माइस्थान भन्ने गाउँको एउटा कुन्दरामा जन्मिएर नेपालका टप ब्यापारिक निगमहरुलाइ  धक्का दिनु सामान्य बिषय हैन । तर उन्ले बिगतमा भोगेका पिडाहरु नै अहिले  सफलताका लागी सुत्र बनेको सन्तोषको भनाइ छ  ।

मलेसियामा ३ बर्षसम्म बसेर झाडु लगाएको अनुभव र ब्यस्त समयका बाबजुत पनि उन्ले सिकेको कम्प्युटर कोर्षको ज्ञानलाइ कसरी ब्यबहारमा उतार्ने भन्ने हुटहुटिले पिरोल्दै गर्दा उन्को अर्को गन्तव्य फेरि कतार बन्यो ।

उहीँ काम तर फरक अनुभव बटुलेपछी कतारको २१ महिने बसाइलाई बिट मार्दै तेश्रो पल्ट उनी साउदी अरब हान्निए ।

न्युनतम तलब र अफ्ठ्यारो काममा नै उन्को आकर्षण बढेपछी कतिपयले कुरा नकाटेका पनि हैनन ।  मलेसियामा सिकेको कम्प्युटर कोर्षलाइ सैद्धान्तिकरुपमा उन्ले किताबमा त उतारे  तर उन्ले आर्जन गरेको सिप स्वदेशमा लगानी गर्न नसकेपछी आफ्न्त र परिवारजनहरुबाट नै आलोचनाको सिकार बन्नु परेको सन्तोषसग तितो अनुभव छ ।

हरेक तिता, मिठा बिषयहरुमा सकारात्मक बन्नै पर्छ भन्ने धारणा बोकेका सन्तोषलाइ आफ्नतहरुको आलोचनामाथी कुनै वास्ता भएन तर नया कुरा सिक्ने र  उक्त सिकेका सीप र अनुभबहरुलाइ स्वदेशमा नै लगानी गरीछाडने उन्ले आफ्नो उर्बर  सपनालाई मलजल गर्न भने  कहिल्यै छाडेनन ।

मलेसिया, कतार र साउदी अरबको यात्राले उन्लाइ अझै चित्त बुझेन । एउटा संयोग नै भन्नुपर्छ रसियाका नागरिक माइकोल स्ट्रोङ्गसग भेट भएपछी सन्तोषको जिवनले नया ट्रनिङ्ग लियो ।

भारतका विभिन्न ठाउमा ओपोलो हस्पिटल चलाएर बसेका माइकोलले सन्तोषलाइ कम्प्युटरको नया प्रबिधि ग्लोबल पोजिसन सिस्टम(जिपिएस)को प्रोजेक्टमा काम दिने पक्का गरेपछी उन्लाइ खुसी थामिनसक्नु भयो ।

रसियामा केही समय यही प्रणालीको बिषयमा निपुण: भएपछी स्वदेश फर्किएर उक्त सिपलाइ सदुपयोग गर्ने आत्मनिर्णय सहित माइकोलले रसियाबाट भिसा पठाएपछी सन्तो!   अत्याधुनिक प्रणालीमा काम गर्न पाएपछी स्वदेश फर्केर सन्तोषलाइ यही प्रणालीको बिकाश गर्ने र  नेपालमा ब्याप्त अपराधलाई न्यूनीकरण गर्न सहजीकरणको भुमिका निर्वाह गर्ने आत्मबिस्वासले उत्साहित बनाउदै लगेको सन्तोषको  स्मरण छ  ।

नभन्दै २०१७ मा नेपाल फर्किएर सन्तोषले आफ्नो सीप र अनुभबलाइ लगानी गर्दै इ-फास्ट ट्र्याकिङ्को माध्यमबाट २८ जना नेपाली नागरिकलाइ प्रत्यक्ष रोजगारी दिएका छन ।

३ बर्षदेखी  यही इ-फास्ट ट्र्याकिङ्ग सिस्टम नामक कम्पनी दर्ता गरेर  जिपिएस प्रणालीको बिकाश गरी सन्तोषले देशका विभिन्न  सहरमा अपराध न्यूनीकरण सहजीकरणको भुमिका समेत निर्वाह गरिरहेका छन ।

उन्लाइ यतिबेला मिनेट-मिनेटमा फोन आउने गर्दछ । कहिले सर्बसाधारणहरुले फोन गर्छन भने कहिले प्रहरी अपराध अनुसन्धान ब्युरोले फोन गरेर सयोग गरिदिन आग्रह गर्दछन ।

शैक्षिक योग्यताको कुरा गर्ने हो भने सामान्य पाँच कक्षा पढेर  नेपालका टप कोर्पोरेसनहरुलाइ धक्का दिदै ब्यबसायी देखी प्रहरीहरुको समेत बिस्वासपात्र बन्दा छुट्टै आनन्द आउने सन्तोषको भनाइ छ ।

३ बर्षको अबधीमा असीमित घटनाहरुमाथी सहजीकरण गरिसकेको बताउदै सन्तोषले भने :" सबै भन्दा पहिला त हामी काम भन्दा गुणस्तरलाई ध्यान दिन्छौ  यसैको परिणामस्वरूप आज यो तहमा सर्बसाधारण देखी टप प्रतिष्ठानका लागी इ-फास्ट ट्र्याक ब्राण्ड बनेको छ ।"


उनले बिकाश गरेको फास्ट ट्र्याकिङ्ग प्रणाली के हो ?

सन्तोषले बिकाश गरेको प्रबृधी  नेपालमै पहिलो भएको उन्को दाबी छ ।

इ-फास्ट ट्र्याकमा अत्याधुनिक यन्त्रहरु र कुशल अपरेटर भएको कारणले प्रहरीले समेत हार मानेका कतिपय घटनाहरुलाइ आफुहरुले सहजीकरण गरिरहेको उन्को भनाइ छ ।

दिनमा हजारौ सर्बसाधारणका फोन आएतापनी  समस्याहरुलाइ बैधानिक  तवरले मात्र साबधान खोजिदिने गरेको उन्ले जानकारी दिए ।

आफुरुका दुई प्रकारका ग्राहकहरुले सम्पर्क गर्ने गरेको बताउदै सन्तोषले भने :" हामीलाइ कस्टुमर र ननकस्टुमरले सम्पर्क गर्ने गर्छन  । जस्लाइ हामिले हाम्रो प्रोडक्ट बेचेका छौ तिनिहरु हाम्रा कस्टुमर हुन भने अन्य सबै ननकस्टुमर । हामी सधै हाम्रो निर्धारित सिमाभित्र रहेर सबैलाइ सहजिकरणको बताबरण बनाइरहेका छौ ।"

विशेष गरि इ-फास्ट ट्र्याकका ग्राहकहरु नेपालका ठुला उधोगहरु र सबेदनशिल क्षेत्रहरु भएको बताउदै छोटो समयमा नै   बिस्वास गर्दै हजारौ ब्यक्ती तथा उधोगहरुले फास्ट ट्र्याक कै प्रणाली प्रयोग गरिरहेको सन्तोषले जानकारी दिए ।

काहा-काहा राख्न सकिन्छ फास्ट ट्र्याकका  सिस्टम  ?

यो कम्पनीका गाडी, होटेल, ट्याक्सी, ट्रक, अस्पताल, उद्योग जहाँ पनि प्रयोग गर्न सकिन्छ ।

यसो गर्दा गाडीमा कति जना यात्रु छन, गाडी कता-कता जाँदै छ, होटलमा को के गर्दै छन, कति जना ग्राहक आइरहेका छन, कर्मचारीहरु के-के गर्दै छन  जस्ता दृश्यहरु घरमा, अफिसमा वा कन्ट्रोल रूमबाट सजिलै देख्न र ट्रेसिङ्ग गर्न  सकिन्छ ।

यस्को लागी मोबाइल, ल्यापटप, डेस्कटप जेलाइ पनि प्रयोग गर्न सकिने हुन्छ ।

यो  प्रणाली नेपालमा सुरुवात भएको यस्तो प्रणाली हो जस्ले अपराधीहरुलाइ पहिचान गर्न सहजीकरणको भुमिका खेलीरहेको छ ।

साना अपराधीदेखी ठुला अपराधीसम्म जिपिएसको सहायताले पक्रन सकिने सबैलाइ जानकारी भएतापनी ट्र्याकिङ्ग प्रणालीको कमजोर प्रदशनले कयौ अपराधीहरु फुत्कन सफल भएका छन ।

केही कोर्पोरेसनहरुले इ-फास्ट ट्र्याक कै जस्तो अभ्यास गरेतापनी प्रभावकारिता नदेखिएपछी सर्बसाधारणहरु निराश भैइरहेको बेला फास्ट ट्र्याकले साबधान खोज्न नया अभ्यासमा जुटेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!