2026-10-17 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जान कोरोना रिपोर्ट चाहिने, नेपालबाट यी ९ स्वास्थ्य संस्थाको रिपोर्टलाई मात्र मान्यता

साउन २६, काठमाडौँ | भदौ १ गतेदेखि नेपालले बिभिन्न देशमा नियमित उडान गर्ने जनाएको छ । यसै बीच बिदामा आएका वा नयाँ श्रम स्वीकृति लिएर कतार जान चाहेका नेपालीहरु भदौ १ देखि नियमित उडानमा कतार जान पाउने आशामा छन् ।

यसैबीच कतार एयर वेजले नेपालबाट कोभिड १९ परीक्षणका लागि मान्यता प्राप्त स्वास्थ्य संस्थाको जानकारी दिएको छ  । अगस्ट १३ देखि केहि देशका विमानस्थलबाट कतार जाने यात्रूहरुले अनिवार्य कोरोना नेगेटिभको रिपोर्ट पेश गर्नुपर्ने छ ।

एयरलाइन्सका अनुसार मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट यात्रा गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड १९ को परीक्षण गरिएको रिपोर्ट मात्र मान्य हुने जनाएको छ । 

कतार एयरवेजले नेगेटिभ सर्टिफिकेट नभएका र एयरवेजका फारम नभरेका यात्रूहरुलाई कतार प्रवेश गर्न नदीइने जनाएको छ । तर १२ आफूसँग यात्रा गर्ने आफ्नो १२ बर्ष भन्दा कम उमेरमा बालबालिकाको भने कोरोना रिपोर्ट नचाहिने एयरवेजले जनाएको छ । 

कतार एयरवेजका लागि यी स्वास्थ्य संस्थाबाट मात्र कोरोना रिपोर्ट लिनुहोस् 

१. स्टार हस्पिटल, सानेपा हाइट 

२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन

३. केएमसि हस्पिटल, सिनामंगल

४. हंस हस्पिटल, धुम्बाराही

५. सूर्य हेल्थ केयर, लाजिम्पाट

६. सेन्ट्रल डायग्नोसीस ल्याबरेटरी, कमलपोखरी

७. ग्रांडी अन्तराष्ट्रिय अस्पताल, टोखा

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

९. वीर अस्पताल, सुन्धारा 

माथिको तश्विरमा: कोरोना रिपोर्टको नमुना !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु