2026-10-17 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको महामारीसंगै विदेशबाट फर्किनेलाई हेर्ने हाम्रो सामाजिक आँखा घृणाको हैन ‘माया र सद्भाव होस्’

साउन २६, दोहा । विश्व जगतनै कोरोनाको महामारीको पीडामा रहेको अहिलेको अवस्थामा हाम्रो देश नेपाल पनि यसबाट अक्षुतो भने छैन तर स्वदेशी भन्दा हामी रोजगारका तथा शिक्षाका लागी विदेशिएका नेपालीहरुलाई यसको पहिलो असर परेको  छ।

विदेशी भूमिमा त्यसमाथि कोरोनाले महामारीको रुप लिदै गर्दा धेरै जसो व्यापार व्यवसाय, शिक्षण सस्था उद्योग, कलकारखाना सबै बन्द भए । यसको सिदा पहिलो असर रोजगारीका लागि गएका हामी जस्ता लाखौंलाख  नेपालीहरुमा पर्यो । धेरै नेपालीहरु रोजगार विहिन भएका छौ । अब हामीसंग एक मात्र विकल्प भनेको सुरक्षित तवरले स्वदेश फर्किने हो । 

अब जसो तसो धेरै पीडा सहेर अनेकौ चुनौतिको सामना गर्दै महँगो हवाई टिकटबाट स्वदेश त आईपुग्यो तर परिवार र समाजले हेर्ने दृष्टिकोण बिल्कुलै फरक भैसकेको रहेछ सावधानी हुनुपर्छ मान्छे आफ्नो भए पनि भाईरस आफ्नो हुदैन तर क्वारेन्टाइन  समय अवधी पछि रिपोर्ट नेगेटिभ आउदा समेत गरिने व्यवहार र शैलीले मन खल्लो बनाएको छ, हामीले हाम्रो चिन्तन र मानसिकतालाई बदल्न सक्नुपर्छ ।

कोरोना महामारीसंगै विगतको जस्तो सरल र सहज बाताबरण भन्ने पक्कै छैन त्यो हामी सबैले र भोग्दै छौ, जुन आज  कोरोना भाइरसको महामारीको समयमा एक व्यक्ति र अर्को व्यक्ति विचको भौतिक दुरी कायम गर्नु पर्ने स्वास्थ्य नियमको शर्त नै भएर आएको छ र यसको पालना तपाईं हामी सबैले गरिनै रहेका छौ र गर्नै पनि पर्छ। अब पहिलाको जसरी विदेशबाट आएकालाई आफ्ना आफन्त  खोई मलाई मोबाईल ? खोई घण्डी ?खोई चक्लेट भन्नेहरु पनि देखिदैन्न ?

सरकारले निर्धारण गरेको ठाउ, समय र मापदण्ड अनुसार क्वारेन्टाइनमा बसेर परिक्षण पश्चात् आफ्नो रिपोर्ट नेगेटिभ आईसके पछि घर गाउँमा पुग्दा पनि आफु विदेशबाट आएको जानकारी भएपछि नजिकैको पसलमा केही जरुरी सामन किन्न जाऊ ? तिर्खलाग्यो  पानीपियौं ? भन्दा पनि पसलको सटर नै  बन्द सम्मको काम गर्ने देखि आफ्नै परिवारका सदस्यले पनि व्यवहारिक रुपले अलिकति टाढा रहनु र आफुलाइ एक्लोपनाको महसुस गर्ने वातावरण बनाउनु, कहाँ सम्मको सोचाइ हो त ? त्यती मात्रै हैन, झन् गाउँ समाजका साथी भाई ईष्टमित्र आफ्नताहरु आफ्नो घरको बाटो भएर पनि हिड्न छाडे कतिले त, ऊ त्यो घरमा भाई/दाइ भर्खर विदेशबाट आएको छ कोरोना लाग्छ है भनेर भन्ने देखि आफ्ना छोरा छोरीसंग सधै जसो खेल्न आउने छिमेकीका छोरा छोरी अर्थात मेरा छोरा छोरीका साथी पनि मेरा घरमा आउन छोडे।

अनि मेरो छोराले सोध्दै थियो आफ्नो साथीलाई किन नआएको आज खेल्नलाई ? उत्तरमा भन्दै थियो छोराको साथीले तेरो बाबा विदेशबाट आउनु भएको छ रे कोरोना लाग्छ रे, ममीले नजानु भनेको छ त्यही भएर नआएको । लौन यसरी बाल मनोविज्ञानलाई समेत असर पुग्ने गरि कति सम्मको मनोविज्ञान र व्यवहारमा हामी विचको सद्भाव बिगार्दै छौँ । 

रोग र भाईरसबाट सबैले बच्ने र बचाउने गर्नु पर्छ तर घृणा र मानवता बिर्सेर हैन। हाम्रा यस्ता किसीमका क्रियाकलाप र व्यबहारले एउटा निरोगीलाई पनि रोगी बनाउने र डिप्रेशनमा लैजाने यो तितो काम गर्दै छौ  तसर्थ हाम्रो चिन्तन्न यस्ता काम व्यबहार  र शैली परिवर्तन गरौ सद्भाव राखौ, भाईरसबाट बच्नको लागि भौतिक दुरी कायम गरौ तर व्यवहारी सम्बन्ध र मायाको दुरी निर्धारण गरेर सिमा नराखौ । यसप्रति सबैको ध्यानाकर्षण होस र विदेशबाट आएकाले पनि आफुलाई हिनताबोध नगरोस्, सम्मानजनक तरिकाले जिउनको लागि सबैले उत्प्रेणा दियौं।

वीरबल खड्का, हाल: रोजगारीको शिलसिलामा कतारमा कार्यरत । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु