2026-10-17 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली

साउन २८, काठमाडौँ । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । 

सोही उडानमार्फत विभिन्न कारणबाट युएईमा ज्यान गुमाएका २६ नेपालीको शव नेपाल फर्काइएको छ । पछिल्लो पाँच महिनामा युएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन् । तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको, ६९ वटा शवको युएईमै अन्त्येष्टि गरिएको र ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ । प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ । 

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन गर्न गत वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो । उक्त रजिष्ट्रेसन फारम भर्नेको सङ्ख्या हालसम्म ४२ हजार पुगेकोे छ । यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या पनि करीब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ । 

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ । हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सिसिएमसी)का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मङ्गलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ । 

त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन् । साउदी अरेबियाबाट सात हजार ८१७, मलेसियाबाट सात हजार ६०६, कतारबाट पाँच हजार ३२३, अष्ट्रेलियाबाट एक हजार ७८, जापानबाट एक हजार २३, दक्षिण कोरियाबाट ७२० र संयुक्त राज्य अमेरिकाबाट ५९१ जनाको उद्धार गरिएको छ । 

आज २८३ फर्किए

दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन् । सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् । आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत पहिलो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको थियो । अन्तर्राष्ट्रिय उडान रोक लगाइएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई गत जेठ महिनादेखि चार्टड उडानमार्फत स्वदेश फर्काउन थालिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु