2026-10-17 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको नासर अल अली कम्पनीद्वारा ४ नेपाली कामदारलाई २० लाख इनाम

साउन ३०, काठमाडौँ ।  कतारको बहुप्रतिष्ठित एवं आइओएस प्रमाणित कम्पनी नासर अल अली एन्टरप्राइजेजले आफ्ना चार नेपाली कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहर रहेका छन् । कम्पनीले उनीहरुलाई १० वर्ष लामो सेवा गरेकोमा जनही १५ हजार कतारी रियाल (करिब पाँच लाख रुपैयाँ) प्रदान गरी सम्मानित गरेरो हो । नासर अली अल अली, कम्पनीका मालिक  नासर अली अल अलीले एक कार्यक्रमकाबीच ती कर्मचारीहरुलाई नगद इनाम हस्तान्तरण गरे । 

नेपाली कर्मचारीहरुलाई पुरस्कार बितरण गर्दै कम्पनीका मालिक अलीले १० बर्षको सेवामा वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्याउने कामदारलाइ पुरस्कृत गर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।

पुरस्कृत अबिर बहादुर राई, पञ्च राई, छिरिंग राई र दशरथ मुसहर नेपालको गरिब परिवारसँग सम्बन्धित छन । उनीहरु सन् २००९  मा नासर अल अली एन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन् । अबिर बहादुर राई नासर अल अलीको कम्पनीमा काम गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरेको अबिर बहादुर राईले बकाए । ‘म भाग्यशाली छु, सीप र आम्दानी जत्तिकै महत्त्वपूर्ण मेरो लागि यो कम्पनी पनि छ,’ अबीरले भने । यस्तै छिरिंग राईपनि नासर अल अलीको सराहना गर्छन र राम्रो रोजगारदाताको रूपमा स्वागत गर्दछन् । 

पञ्च राईले आफुले पुरस्कारस्वरुप पाएको पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि प्रयोग गर्ने बताए । अर्को कर्मचारी दशरथ मुसहरले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा राखेका छन्। सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए । उनी भन्छन्, ‘यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा बसिरहुँ जस्तो लाग्छ र १० वर्ष पार गर्दा पनि हिजो आएको जस्तै लाग्छ । एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र  भैपरी आउने समस्याहरुलाई कम्पनीले सहयोग गर्नु नै हाम्रो कम्पनीको सफलताको  हाम्रो सफलताको श्रेणी हो । म यहाँ काम गर्न पाउँदा खुसी छु ।’ उनले यो कम्पनीमा काम गरेर आय र दक्षता चीज प्राप्त गरेको बताए ।

त्यसैगरी नासर अल अली एन्टरप्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेशलगायत विभिन्न राष्ट्रियताका आफ्ना १० कर्मचारीहरूलाई जुलाई महिनामा आफ्नो कार्यस्थलमा उत्कृष्ट प्रदर्शनका लागि प्रत्येकलाई एक हजार कतारी रियालसहित पुरस्कृत गरेको समाचार कतारबाट शिवराज गौतमले शुक्रबारको मध्यान्ह दैनिकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु