2026-10-17 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट लिएकाहरुको ख्यालै नगरी उडान स्थगित, विदेशमा नेपालीहरु झनै अलपत्र (भिडियो)

भदौ ४, काठमाडौँ | भदौ ३ गते उडान तय भई टिकेट समेत लिईसकेका नेपालीहरु माल्दिभ्सको मालेमा अलपत्र परेका छन् । सरकारले भदौ १ गते आकस्मिक रुपमा गरेको निर्णयले उनिहरु अलपत्र परेका हुन् । 

अलपत्र परेका अधिकांशले रोजगारी गुमाईसकेका छन् । अलपत्र परेका उनीहरु माल्दिभ्सका बिभिन्न टापुबाट भदौ ३ गते उडान तय भएकोले भदौ १ गते अघिनै टिकट काटेर राजधानी मालेमा आई बसेको पाइएको छ । 

‘कोरोना महामारीको कारण माल्दिभ्सको टापुहरुमा कुनै पनि समस्या परे टापुनै शिल हुने भएकाले उनिहरु ५ सय किलोमिटरसम्म टाढाबाट केहिदिन अघिनै माले आएर बसेका हुन् ।’ माल्दिभ्सबाट धादिङका भीम थापाले बताएका छन् । थापाका अनुसार माल्दिभ्सबाट भदौ ३ गतेको लागि चार्टर्ड उडान तय भएको थियो । जस अनुसार माल्दिभ्समा समस्यामा रहेका नेपालीहरुले चार्टर्ड उडानको टिकेट समेत काटेका थिए । भदौ ३ गतेको टिकेट लिएर स्वदेश आउन पाउने आशामा रहेका नेपालीहरु मध्ये अधिकांश माले भन्दा बाहिरका टापुमा काम गर्नेहरु रहेका छन् । बिभिन्न टापु पार गर्दै माले आईपुग्नुपर्ने भएकाले समय अगावै उनीहरु माले आई बसेको पाइएको छ । तर भदौ १ गते सरकारले पूर्व जानकारी बिनै उडान स्थगित गरेपछि उनीहरु मालेमै अलपत्र परेका हुन् । 

उनीहरु मध्ये एकजनाले सरकारले उडान स्थगित गरेपछि  न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगमा समेत आफ्नो गुनाशो गरेका थिए । माल्दिभ्समा अलपत्र नेपालीहरुले जुलाई १४ देखि प्रयास गर्दा पहिलो पटक भदौ ३ मा चार्टर्ड उडानको टिकट प्राप्त गरेको तर त्यहि उडान पनि सरकारको पछिल्लो निर्णयले स्थगित हुँदा आफूहरु माल्दिभ्समै अलपत्र पर्नुपरेको नेपालीहरुले बताएका छन् । 

समस्यामा परेपछि चार्टर्ड उडानको पहल गरेका भीम थापाले बताए अनुसार माल्दिभ्सको लागि छुट्टै दुतावास नभएको तर माल्दिभ्स हेर्ने श्रीलंकास्थित नेपाली दुतावाससँग सहयोग माग्दा दुतावासले चार्टर्ड उडानको पहल गरे कागजी रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसै अनुसार समस्यामा परेका नेपालीहरुले चार्टर्ड उडानको लागि आफैले प्रयास गरेर करिव ९० जनाले टिकट काटेका थिए । उनिहरुले काठमाडौँमा रहेको रुप्से होलिडेको सहयोगमा चार्टर्ड उडानको टिकट पाउन सफल भएको बताएका छन् । भदौ ३ गतेको उडानको अनुमति पाएपछि रुप्से होलिडेले अगस्ट २ देखि माल्दिभ्समा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन टिकट बुकीङ खुलाएको एक नेपालीले बताएका छन् ।

चार्टर्ड उडानको टिकट काटेका उनिहरुले पुर्व निर्धारित उडान तालिका अनुसार भदौ ३ गते उड्ने तय भएको बताएका छन् । ‘माल्दिभ्सका बिभिन्न रिसोर्टमा रोजगारी गुमाएका हामीहरु निर्धारित उडानको लागि टाढा-टाढादेखि स्वदेस फर्कन पाउने आशामा माले आएर भदौ १ गतेदेखिनै बसेका थियौं’ मालेमा अलपत्र एक नेपालीले बताए ।

भदौ ३ गतेको टिकटमा १ गतेनै माले आउनुको कारणबारे अर्का एक नेपालीले बताएका छन् ‘कोरोना संक्रमणको कारण माल्दिभ्सको टापुहरुमा जुनसुकै बेला सिल हुने अवस्था हुन्छ, हामीहरु आउने क्रममा कुनै एक टापुमा कुनै व्यक्ति संक्रमित भेटिए टापुनै सिल हुने र त्यहि अलपत्र पर्नसक्ने सम्भावना भएकाले अगाडीनै मालेमा आएर बसेका हौँ ।’ उनले अगाडी भने ‘तर हामी आए लगत्तै सरकारले अप्रत्यासित चार्टर्ड उडान बन्द गरिदियो, हामी त झनै अलपत्र पर्यौं, २/३ दिन माले बसिन्छ अनि स्वदेश जान पाइन्छ भन्ने योजनाले आएका थियौं तर अब दोसाधमा पर्यौं ।’ उनले आफूहरु स्वदेश फर्कने भनेर आएपछि पुरानै ठाउँमा फर्कने अवस्था समेत नरहेको भन्दै यथासक्य स्वदेश फर्कन पाउने आशामा रहेको बताएका छन् । 

मुख्य गरेर माल्दिभ्समा काम गर्ने नेपालीहरु होटल क्षेत्रमा कार्यरत छन् । कोरोनाका कारण अधिकांश होटलहरुमा रोजगारी गुमेको वा आधा मात्र तलब पाएको अवस्था छ । कतिपयले रोजगारी गुमाएको अवस्था छ । आगामी दिनमा कम्पनीहरुले आव्हान गरेका छन् कि ‘पुरा तलब दिन सकिदैन, आफ्नो निर्णय लिनुस् ।’ 

एक्सकप सेक्युरिटीले आफ्ना कामदारलाई अगस्टदेखि माले पठाईदिएको एक नेपालीले बताएका छन् । माले आई अलपत्र नेपालीले दिनको कम्तिमा ५ हजार खर्च तिरेर रुम भाडा तथा खाना जुटाउनुपर्ने हुँदा आफूहरुसँग भएको पैसा समेत सकिएको बताएका छन् । 

माल्दिभ्सको समस्यालाई लिएर तयार पारिएको एक भिडियो तल हेर्नुहोस् 

पुर्व सूचना हुनुपर्ने थियो 

माल्दिभ्स मात्र होइन, नेपालीहरु धेरै रहेका अन्य देशमा समेत भदौ १ गते सरकारले गरेको अप्रत्यासित निर्णयले अलपत्र बनेका छन् । उडान गर्ने/नगर्ने विषयमा सरकारले विदेशमा टिकट समेत काटीसकेका नेपालीहरुलाई पूर्व सुचना त दिएन नै, पूर्वनिर्धारित उडानमार्फत स्वदेश फिर्ता हुन् लगेज बोकेर एयरपोर्टमै पुगेका नेपालीलाई समेत स्वदेश नल्याई उनिहरुलाई लिन गएको विमान समेत रित्तै फर्काइएको थियो । 

सरकार र दुतावासबीच समन्वयबिनै उडान रोकेका कारण टिकट काटिसकेका र कोभिड १९ समेत परीक्षणमा खर्च गराएका नेपालीहरु विदेशमै रोकिएका छन् । जसको कारण लगेज बोकेर टाढाटाढादेखि एयरपोर्ट आई बसेका नेपालीहरु अलपत्र परेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु