2026-10-17 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकाउमा ११ नेपाली सेक्युरिटी गार्ड पक्राउ, यस्तो छ अपराध

भदौ ९, काठमाडौँ | मकाउमा पो’र्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्।

पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पो’र्न भिडियो सेयर गरेका थिए । मकाउ प्रहरीका अनुसार उनीहरुले आफ्नो गल्ति स्वीकार पनि गरेका छन् । साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको बताएका उनीहरुले पैसा कमाउने उद्देश्यले नभई हेर्नको लागि भिडियो सेयर गरेको प्रहरीले जनाएको हो।

मकाउ प्रहरीलाई उधृत गर्दै एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरूले त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको बताए ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले करिब तीन साताअघि मोबाइलबाट त्यस्तो भिडियो सेयर भइरहेको जनाउ दिँदै अनुसन्धान गर्न मकाउ प्रहरीलाई आग्रह गरेको बताइएको छ ।

स्थानीय टेलिभिजन डी मकाउका अनुसार मे र जुलाई महिनाको बिचमा सेयर गरिएको उक्त भिडियो एक बालिकासँग एक पुरुषले सारीरिक सम्बन्ध गरिरहेको २ मिनेट २९ सेकेण्डको रहेको छ, जुन कार्यलाई अपराध मानिन्छ।

मकाउ प्रहरीले उक्त भिडियो मोबाइलबाट अरुलाई पनि सेयर गरेको कारण उनीहरूलाई थुनामै राखेर थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका ११ जना नेपाली मकाउका चारवटा कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको र उनीहरू २१ देखि ३६ वर्ष उमेरका रहेको जनाएको छ। 

भदौ १६ देखि हुने नियमित अन्तराष्ट्रिय उडानको तालिका हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु